राजवंशी परिवारलाई सहाराद्धारा एक लाख रुपैयाँ राहात वितरण

0
176

झापा,
झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित गरिबी निवारण कार्यक्रम अन्तरगत घैलाडुबबा सेवा केन्द्रले एक लाख रुपैयाँ राहात वितरण गरेको छ ।

सेवा केन्द्र अन्तरगत समुह नं ०३५ कि जीवन वरदान सदस्य रोमा राजबंशीको पक्षघात भई बिर्ता सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। उनको उपचार समेत साकोसले गरेको थियो तर बचाउन भने सकेको थिएन ।

जीवन वरदान कार्यक्रममा सहभागी सदस्यहरूले जीवन वरदान कोषमा योगदान गरे बापत कार्य विधि अनुसार उपचार सुबिधासँगै सदस्यको निधमा परिवार राहात रकम समेत परिवारले प्राप्त गर्ने गरेको छ । सोही अनुसार आज ९शनिवार० एक कार्यक्रम गरी सेवा केन्द्रको उप–समिति संयोजक दिब्यस्वरा उप्रेतीले मृतक सदस्यको श्रीमान महादेब राजबंशीलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी छन् ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा संयोजक उप्रेतीले सहारा साकोस आम सदस्यको हितमा काम गर्ने संस्था भएको र कसैले पनि यसको सदस्य भएर पछुताउनु नपर्ने र जहिले पनि सदस्यको हितमा काम गर्ने जानकारी गराइन् ।

राहात प्राप्त गर्ने राजबंशीले श्रीमती गुमाएर पिडामा रहेपनि उपचारको ब्यवस्थापनदेखि राहातसम्म पनि संस्थाबाट दिएकोमा अभिभावकको रूपमा सहयोग पाएको जनाएका छन् ।कार्यक्रमको सहजिकरण तथा जीवन वरदान कार्यक्रमको बिषयमा सेवा केन्द्र प्रमुख निर्मला प्रसाईंले प्रकाश पारेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here