अर्जुनधारा , नेपाल प्रेस युनियन कोसी प्रदेश कार्यसमिति सदस्य कल्पना कडरियालाई मातृशोक परेको छ । उहाँकी ६६ वर्षीय आमा पदमकुमारी कडरियाको आइतबार बिहान ६ . ४५ बजे आफ्नै निवासमा निधन भएको हो ।
अर्जुनधारा नगरपालिका – ९ प्रणामीटोल निवासी पदमकुमारीका श्रीमान डिल्लीराम, छोरी कल्पना, छोरा बुहारीहरु कमल – रमा , गोपाल – रोजी हुनुहुन्छ । पदमकुमारी अर्बुद रोगबाट पीडित हुनुहुन्थ्यो । काठमाडौँ, पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइएको पदमकुमारी तीनदिन अघिमात्र स्वास्थ्य परीक्षण गराएर घर फर्कनु भएको थियोे ।
कल्पना २०६५ सालदेखि ०७६ सालसम्म नवसंचार गृह प्रालिको लेखासँगै व्यवस्थाकको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँले प्रतिदिन दैनिक लगायत विभिन्न संचारमाध्यममा काम गरिसक्नु भएको छ । हाम्रो सहकारी सन्देश त्रैमासिकको प्रकाशन समिति सदस्य रहनु भएको कल्पना विराटनगरमा सम्पन्न अधिवेशनबाट प्रेस युनियनको प्रथम अधिवेशनबाट सदस्य चयन हुनुभएको हो । उहाँ अहिले हाम्रो नेपाल साकोस बिर्तामोड, भरत – विराट विश्रान्ती, महिला उद्यामी संघ झापासँग आबद्ध हुनुहुन्छ । कल्पनाले भरत – विराट विश्रान्तीको सहयोगार्थ एक लाख समर्पण गर्नु भएको छ ।