कमल गाउँपालिकामा ३ मा ज्येष्ठ नागरिक संघको कार्यालय उद्घाटन

0
19

कमल ।

कमल गाउँपालिकामा ३ मा ज्येष्ठ नागरिक संघको कार्यालय उद्घाटन तथा जेष्ठ नागरिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष हुकुमसिह राईले जेष्ठ नागरिक संघको कार्यालय उद्घाटन गर्नु भएको हो । आफुलाई चलायमान राख्नकालागी आफुले सिकेको सिपलाई प्रयोग गर्नुहोस् । जसले तपाईहरुलाई स्वास्थ्य राख्न सहयोग पुग्छ भने अर्को तर्फ आम्दानीको श्रोत समेत हुनेछ । त्यसकालागी पालिकाको तर्फ बाट आवश्यक सहयोग गर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले बताउनुभयो ।

ज्येष्ठ नागरिक भनेका हाम्रा अभिभावक हुन् । वहाँहरुबाट हामिले धेरै कुरा सिक्न आवश्यक छ । आज हरेक घरमा जेष्ठ नागरिकहरु हुनुहुन्छ । वहाँहरुलाई भेला भएर एक आपसमा दुःख सुखका अनुभव साटसाट गर्न यो कार्यालयले सहयोग पुग्ने अध्यक्ष राईले बताउनुभयो ।

ज्येष्ठ नागरिक संघ कमल ३ का अध्यक्ष पुष्प प्रसाद बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा आविजन सदस्यलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रम संघका सचिव धान्यप्रसाद बरालले सञ्चालन गर्नु भएको थियो भने सदस्य मन प्रसाद गौतमले स्वागत मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here