संखुवासभामा जुवातास खल्ने एक महिलासहित ९ जना पक्राउ

0
34

योगेन्द्र योगी
बिराटनगर,

संखुवासभामा जुवातास खल्ने ९ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। शनिबार दिउसो १४:१० बजेको समयमा खाँदबारी नगरपालिका वडा नं. ९ तुम्लिङटार एयरपोर्ट छेउमा खगेन्द्र बहादुर कार्कीले संचालन गर्दै आएको दिपा होटल एण्ड लजमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको टोलीले खाँदबारी नगरपालिका वडा नं. ९ बस्ने वर्ष ५२ का ढोकल बहादुर कार्की,वर्ष ४४ का प्रकाश कुमार बस्नेत, बस्ने वर्ष ५० की गोमा अधिकारी बोहरा, वर्ष ५८ का खगेन्द्र बहादुर कार्की, वर्ष ४३ का विकास ढकाल रहेका छन्।

यसैगरी,वर्ष ३५ का सन्जिप पोख्रेल, वर्ष ३५ का सुरेन्द्र श्रेष्ठ,वर्ष ४७ का गजेन्द्र बहादुर कटुवाल र भोजपुर साल्पासिलिछो गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ४१ का फुर्लाक्पा शेर्पालाई पक्रउ गरेको जनाएको छ।

उनीहरुको साथबाट ६ बुक (थान) तास, नगद एक लाख बाह्र हजार तीन सय असी रुपैया पनि बरामद गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई कानून बमोजिम म्याद गरी अनुसन्धान भईरहेको संखुवासभाका डीएसपी दक्ष कुमार बस्नेतले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here