संखुवासभामा १७ बर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने तामाङ पक्राउ

0
56

योगेन्द्र योगी
बिराटनगर,

संखुवासभामा १७ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचखपन नगरपालिका वडा नं. १ कुसुवा टोल बस्ने २१ बर्षका सोम कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी अभिशेक कुमार श्रेष्ठले जानकारी दिए।

प्रहरी निरिक्षक तथा सूचना अधिकारी श्रेष्ठका अनुसार तामाङले बालिकालाई तिमीसँगै विवाह गर्छु भन्ने जस्ता कुरा गरी ललाई फकाई प्रलोभन देखाई झुक्याएर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको बताए।

उनले ती बालिकालाई पटक पटक जवरजस्ती करणी गरेको भनि प्राप्त जाहेरीको आधारमा संखुवासभा जिल्ला अदालत चैनपुरबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here