शैक्षिक गतिबिधिमा सक्रिय बन्दै इक्यान झापा

0
229

बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले शैक्षिक गतिविधिका कार्यक्रमहरुलाई तिब्रता दिएको छ ।

इक्यान झापामा आवद्ध रहेका सदस्यलाई विभिन्न देश तथा विश्वविद्यालयका शैक्षिक अवस्थाका बारेमा जानकारी गराउनुका साथै वित्तिय क्षेत्रको बारेमा प्रशिक्षण प्रदान गरिएको छ । इक्यान झापाले प्रदेश सरकारलाई झापामा रहेका शैक्षिक परामर्श दाताहरुको जानकारी गराउँदै आफ्ना सुझावहरु समेत दिएको छ ।

कोशी प्रदेशस्थित समाजिक विकास मन्त्रालयले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा इक्यान झापाका अध्यक्ष ई.रोशन सुवेदी, उपाध्यक्ष राजकुमार कार्की, सचिव अशोक भण्डारी, कोषाध्यक्ष अग्नी प्रसाई र अतिरिक्त विभाव प्रमुख एवम् कार्य समिति सदस्य चिरन न्यौपानेले शैक्षिक परामर्शको अनुमति र नियमन, शाखा सञ्चालन अनुमति, फ्रेन्चाइज व्यवस्थापन, भाषा पूर्वतयारी कक्षा र परामर्शदाता संस्थाको मापदण्ड, अनुगमन नियमनको प्रभावकारीता,लेखा परिक्षण र कर चुक्ता, अनुमति राजशव धरौटी, दोहोरो अनुमति, दर्ता र कर तथा शिक्षण संस्थाको आवद्धता लगायतका विषयमा शाखा झापाले आफ्ना सुझावहरु दिएको थियो ।

कोशी प्रदेश सरकारबाट स्वीकृत ब्रिजकोर्ष तथा भाषा शिक्षण कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७९ बमोजिम कक्षाहरु सञ्चालन भएको या नभएको र आगामी दिनमा कसरी व्यवस्थित गर्न सकिन्छ भने मन्त्रालयले छलफल तथा अन्तरक्रिया गरेको थियो ।

कार्यक्रममा कोशी प्रदेश समाजिक विकास मन्त्रालयलका मन्त्री पाँचकर्ण राईले शैक्षिक परामर्श संघ झापाले उठाएका विषयमा मन्त्रालयको ध्यानााकर्षण भएको र शैक्षिक परामर्श व्यवस्थित गर्न इक्यानसंग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

यसैबीच नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाले अमेरिककाको शैक्षिक अवस्था, विदेशी विद्यार्थीका लागि शैक्षिक नीति लगायतका विषयमा जानकारी दिने उद्धेश्यले झापाका शैक्षिक परामर्शदाता (कन्सल्टेसी) हरुलाई प्रशिक्षण दिएको छ ।

इक्यान झापाको आयोजना तथा इनयुएनआईको सहयोगमा भएको कार्यक्रममा इनयुएनआईको अमेरिका स्थित दक्षिण एसिया क्षेत्रिय निर्देशक सुवास थापाले अमेरिकामा रहेको शैक्षिक अवस्थाका विषयमा प्रशिक्षण दिएका थिए । उनले अमेरिकाले शैक्षिक नीतिका विषयमा गरिरहेको प्रयास तथा विदेशी विद्यार्थीले अप्नाउनु पर्ने शैक्षिक प्रक्रियाका विषयमा जानकारी दिएका थिए ।

इक्यान झापाका अध्यक्ष ई. रोशन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ इक्यान केन्द्रका अतिरिक्त विभाग प्रमुख गोविन्द खनालको प्रमुख आतिथ्य रहेको थियो भने इनयुएनआई अमेरिका दक्षिण एसिया क्षेत्रिय निर्देशक सुवास थापा,इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेल लगायतको आतिथ्य रहेको थियो । इक्यान झापाका उपाध्यक्ष राजकुमार कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अशोक भण्डारीले गरेका थिए ।

त्यस्तै नेपाल शैक्षिक परामर्शसंघ झापाले इक्यानका केन्द्रिय अध्यक्षसंग शैक्षिक गतिविधिका विषयमा अन्तरक्रिया गरेको छ । इक्यान केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले हाल शैक्षिक परामर्श संघले गरिरहेको कामको विषयमा जानकारी दिएका थिए ।

उनले इक्यानसंग शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय तथा विभिन्न देशका दुतावाससंग सहकार्य गर्दै अघि बढेको बताए । उनले शैक्षिक परामर्श व्यसायीहरुलाई गोलबद्ध गर्दै शैक्षिक परामर्श क्षेत्रमा झापा शाखाले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरे ।

कार्यक्रम इक्यान झापाका अध्यक्ष ई. रोशन सुवेदीको अध्यक्षतामा भएको थियो भने केन्द्रिय अध्यक्ष भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरट्टेल लगायतको आतिथ्य रहेको थियो । इक्यान झापामा ४३ वटाभन्दा धेरै कन्सल्टेन्सीहरु आवद्ध रहेको सचिव अशोक भण्डारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here