विनोद सापकोटा
झापा, ‘तपाईंहरू सबै फस्र्ट !’ निर्णायक हेम अधिकारीको यो भनाइले झापाको शिवसताक्षीमा सम्पन्न वक्तृत्वकला प्रतियोगिताका प्रतिस्पर्धीको ताप अझै बढायो ।
प्रतिस्पर्धीले सोझै अनुमान पनि गर्न सकेका थिएनन् । ‘अरे ? सबै जना कसरी फस्र्ट ?’ सतासीधाम साहित्य संगमको आयोजनामा झापा क्षेत्र नं. ४ का चार वटा क्याम्पसका विद्यार्थीबीच भएको यस प्रतियोगिता साँच्चै रोचक रह्यो । झापा ४ मा सामुदायिक र नीजि क्याम्पस छन् ।
सतासीधाम धाम, शिवगञ्ज, कन्काई र युनिक कलेजका प्रतिनिधि विद्यार्थी ‘जलवायु परिवर्तन र यसको असर’ विषयको वक्तृत्वकलामा करिब ७ मिनेटसम्म जमेका थिए । उनिहरुको बोलाइ र देखाइ पनि दमदार थियो । हातको इशारा, अनुहारको हाउभाउ, टाउको हल्लाई हल्लाईमात्र होइन आँखा तन्काई तन्काई गरेको भाषणमा आ—आफना् शैलि मिसाएर यस्तो भाषण दिए, जुन दमदार भाषण गर्ने नेताको भन्दा कम थिएन । प्रतियोगितामा जम्मा ९ जना स्नातक तहका विद्याथीसहभागी थिए ।
निर्णायक हेम अधिकारी र कमल भट्टराईलाई शीर्ष तीन छुट्याउन हम्मेहम्मे पर्यो । तर नियम त नियम हो । अन्त्यमा त फस्र्ट, सेकन्ड र थर्ड त छान्नै प¥यो । सतासीधाम क्याम्पसकी अनिषा दाहालले सबैलाई पछि पार्दै प्रथम स्थान जितिन् । उनको प्रस्तुति हेर्दा लाग्थ्यो, शब्दभन्दा बढी उनको हाउभाउले बोलेको थियो । आँखा, मुख, हात, टाउको सबैले उनले बोलेका शव्दलाई साथ दिदै छुट्टै सन्देश दिइरहेको थियो । कन्काई क्याम्पसका अश्विन धिताल भने झिनो अंकले दोस्रो स्थानमा चिप्लिए । तेस्रो स्थान युनिक कलेजकी दीक्षा पाठकले ओगटिन् ।
उनी पनि निकै जोशका साथ पोडियममा पुगेकी थिइन् । सान्त्वना पुरस्कार कन्काईकी करुणा गौतम र युनिकका राजु मण्डललाई प्रदान गरियो । अनिषाले ७ हजार, अश्विनले ५ हजार, दीक्षाले २ हजार र सान्त्वना पाउनेहरूले जनही १ हजार रुपैयाँ पाए । यो कार्यक्रम र पुरस्कारको व्यवस्थापन भने गौरव गर्नलायक छ । भद्रपुरस्थित रुद्र—गौरी श्री अम्बिका ओली प्रतिष्ठानले कार्यक्रमको पुरस्कार प्रायोजन गरेको हो । वर्षौंदेखि छात्रवृत्ति, न्यानो लुगा, शैक्षिक सामग्री, खाद्यान्न वितरण गर्दे आएको प्रतिष्ठानले साहित्य, पत्रकारिता, कृषि र सामाजिक सेवाका क्षेत्रका प्रतिभालाई समेत वार्षिक रूपमा सम्मान गर्दै आएको छ । ५० हजारदेखि एक लाख रुपैयाँसम्मका नगद पुरस्कार दिने निजी स्तरको यो संस्था झापाको मात्रै होइन, देशकै उदाहरण बन्न थालेको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघाहाङग थोप्रा (थोप्रा) ले पनि खुलेर भने, ‘यो नगरको मात्र होइन, देशकै गौरवगर्न लागयक गैह्र सकारी संस्था हो । हामी गर्व गर्छौं ।’ प्रतिष्ठानका केन्द्रीय अध्यक्ष गंगाप्रसाद ओलीको भनाइमा झन् फराकिलो दृष्टिकोण रहेको थियो । ‘हामी समाजमा गुमनाम सेवा गरिरहेकाहरूलाई खोजी–खोजी सम्मान गरिरहेका छौं ।
समाज रूपान्तरणको अभियानमा हामी एउटामात्र इँटा थपिरहेका छौं ।’ कार्यक्रममा सतासीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालको अध्यक्षता थियो भने लेखक श्री प्रसाद खरेलले स्वागत मन्तव्य राखे । साहित्यकार वीरेन्द्र थोक्लिहाङ, पदमप्रसाद दाहाललगायतको कार्यक्रममा उपस्थिति मात्र थिएन । उनिहरुले रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान सतासीधाम साहित्य संगमको आशाको दियो बन्यो भनेर मुक्त कण्ठले प्रशंसा गरे ।
कार्यक्रम यादव घिमिरेले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष गोपाल ओलीm छिमेकी बचत तथा श्रण सहकारी संस्थाका उपाध्यक्ष उदय प्रकाश राई, नेपाली कांग्रेस झापाका अन्तरपार्टी समन्वय समितिका संयोजक पर्शुराम ढुँगाना लगायतको सहभागिता थियो ।