रतुवामाई नपा–७ मा एक युवक मृत अवस्थामा फेला

0
41

रतुवमाई ,

मोरङको रतुवामाई नगरपालिका–७ मा एक युवक मृत अवस्थामा फेला परेका छन्।

झापा हल्दिबारी गाउँपालिका–२ पाराखोपीका २२ वर्षीय सुदीप यादवको शव बिहीबार बिहान स्थानीय मनोज कर्मकारको घर छेउमा रहेको बाँसको चौतारामा फेला परेको हो।

मृतक यादव रतुवामाई–९ निवासी राम भट्टराईको ट्याक्टरमा काम गर्दै आएका थिए। भट्टराईकै ट्याक्टरमा कार्यरत यादव आफ्ना सहकर्मी मनोज कर्मकारका पिताको निधन भएपछि शोक प्रकट गर्न कर्मकारको घर पुगेका थिए।

इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार शव भेटिएको स्थानमा कुनै संघर्ष वा आक्रमणको संकेत नभेटिएको प्रहरीको प्रारम्भिक भनाइ छ। यादवको मुखबाट फिँज निस्किएको अवस्थामा शव भेटिएकाले सुतिरहेको अवस्थामा सर्पले टोकेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।

शवलाई उर्लाबारीस्थित मंगलबारेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले पोस्टमार्टम गर्न नमानेपछि विराटनगरस्थित कोशी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

घटनाको वास्तविक कारण पत्ता लगाउन इन्स्पेक्टर होमप्रसाद अधिकारीको नेतृत्वमा टोलीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here