डिपु टोल विकास संस्थाकोे प्रथम वार्षिक साधारणसभा सम्पन्न

0
22

बिराटनगर,

मोरङको सुन्दरहरैंचा – ६ मा रहेको डिपु टोल विकास संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बुधबार संस्थाका अध्यक्ष मान बहादुर श्रेष्ठको अध्यक्षता तथा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङदेनको प्रमुख आतिथ्यतामा संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष लिङदेनले टोलको लागि मात्र नभएर कुलतमा फसेका व्यक्तिहरुलाई कुलतबाट बाहिर निकाल्नको लागि उदाहरणीय कार्य गरेको बताए। उनले सडकमा बत्ति जडान गर्न पनि संस्था सक्रिय रहेको र वडाले गर्न नसकेको काम पनि डिपु टोल विकास संस्थाले गरेको भन्दै प्रसंशा गरेका थिए।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै युवा ब्यबसायी तथा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईले कार्यक्रम स्थल अगाडी(डिपु चोक) मा राखिएको धुजा धुजा भएको राष्ट्रिय झण्डा देखाउदै त्यति झण्डा फेर्न धेरै बजेट नचाहिने भन्दै संस्थाले, वडा र टोल बसीहरुलेले पनि ध्यान दिनुपर्ने बतए।

च्यातिको राष्ट्रिय झण्डा देखेर भाबुक हुँदै युवा ब्यबसायी तथा सामाजिक अभियन्ता चौलागाईले डिपु चोकमा राखिएको पाँच वटा झण्डा निशुल्क फेरिदिने प्रतिबद्धता व्यक्त गरे। उनले भोली नै डिपु चोकमा नयाँ झण्डा फहराउने बताए। उने सुन्दरहरैचा वडा नम्बर ६ लाई जंगलले छोएको र जंगली हात्तीले दुख दिने गरेको प्रशंग उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि वडा सरकारलाई अनुरोध गरे।

एक असल व्यक्ति भयो भने नगर तथा समाज परिवर्तन गर्न सकिने भएकाले अब युवा शक्ति आउनु पर्ने बताए। उनले संस्थालाई आर्थिक सहयोग समेत गरेका थिए। कार्यक्रममा वडा सदस्य टुनाकुमारी विक,सामाजिक व्यक्ति सुरज बिष्ट लगायतले आ-आफ्नो भनाइ रहेका थिए। कार्यक्रमको सहजीकरण संस्थाकी सचिव गीत मिश्रले गरेकी थिईन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here