गच्छदारको उदाहरणीय कार्य : ७८ दिन लगाएर १५ जना महिलालाई दिईन् ढाका बुनाइ तालिम

0
77

बिराटनगर,

मोरङको सुन्दरहरैंचा नगरपालिकाकाे आर्थिक सहयोगमा र प्रगति महिला समाजको आयोजनामा सञ्चालित मागमा आधारित ढाका कपडा बुनाइ तालिम सम्पन्न भएको छ।

तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नगरप्रमुख केदारप्रसाद गुरागाईंले सीप सिकेर बस्ने नभई त्यसलाई व्यवहारमा उतारेर व्यवसायिक बन्नुपर्नेमा जोड दिए। “सीप प्रमाणपत्र मात्रै हैन, उपलब्धिमा परिणत हुनु पर्छ,” नगर प्रमुख गुरागाईंले भने, “तालिम बालुवामा पानी हालेजस्तो नहोस्, जीवनमा सकारात्मक परिवर्तन ल्याउन व्यवसायसँग जोड्नुपर्छ।”

कार्यक्रममा नगर उपप्रमुख अकली चौधरीले महिलाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाले ढकिया, बेकरी, मोबाइल मर्मत तथा मुडा बनाउने तालिम पनि सञ्चालन गरेको जानकारी दिईन्।अब सीप सिकेर घरमा खालि बस्ने होइन, उद्यमशील बन्न लाग्नुहोस।

सहभागी अन्जु सञ्जेल, शर्मिला शर्मा र हिरा गच्छदारले तालिमले आफूहरूलाई स्वरोजगार बन्न हौसला मिलेको अनुभव सुनाए। “अब तान पाइयो भने उपलब्धिमूलक उत्पादन गर्न सकिन्छ, हामी मोबाइलमा रहेका डिजाइन हेरेर पनि बुट्टा उतार्न सक्ने भएका छौँ,” शर्मिला शर्माले भनिन्।

कार्यक्रमकी अध्यक्ष तथा प्रगति महिला समाजकी अध्यक्ष पार्वती गच्छदारले सहभागी महिलालाई ढुक्क भएर उत्पादनमा लाग्न आग्रह गरिन् । “हामी उत्पादन गरिएका सामानको बजारिकरणमा सहयोग गर्नेछौं,” अध्यक्ष गच्छदारले भनिन् ।

गच्छदारले सुन्दरहरैंचामा रहेका अन्य महिलाहरुको तुलनामा एक कदम अगाडी छिन्। गच्छदारले यसअघि पनि विभिन्न समय सिलाईकटाई तालिम देखि समाजमा जनचेतना जगाउने कार्य गर्दै आएकी छिन्।

महिलाले पनि अब केहि गर्नुपर्छ,पुरुषको मात्र भर पर्नु हुँदै भन्दै हरेक क्षेत्रमा अगाडी बढिरहेकी एक सशक्त महिलाको रुपमा परिचित हुँदै आएकी छिन्। तालिमको प्रशिक्षक शुमित्रा विश्वकर्मा रहेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here