योगेन्द्र योगी
बिराटनगर,
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मोरङको सुन्दरहरैचा नगर कमिटीले नगरप्रमुख केदारप्रसाद गुरागाँईलाई ज्ञापनपत्र बुझाएको छ ।
नगरपालिकाका काम कारबाही र गतिविधिहरूप्रति सूक्ष्म ढङ्गले नियाली रहेको, तमाम न्यायप्रेमी जनता र सेवाग्राहीहरूको माग र गुनासाहरूलाई मध्यनजर गर्दै न २३ बुँदे माग पत्र बुझाएको हो।
माग पत्र बुझाउने क्रममम पूर्व संबिधान सभा सदस्य चन्द्र बहादुर गुरुङ,एकीकृत समाजवादी नगर अध्यक्ष तिलक प्रसाद ढकाल लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
एकीकृत समाजवादी नगर अध्यक्ष ढकालले हाम्रा जायज मागहरूलाई समयमै यथोचित सम्बोधन गर्न पहल नगरिए सङ्घर्षका थप कदम चाल्न बाध्य हुने बताए।
मागमात्र बुझ्दै नगर प्रमुख गुरागाईले कतिपय मागहरु अब आउने बजेटमा समेटिएको बताउदै जायज माग सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।