बिरामीसँग नगरप्रमुख गुरागाई

0
23

योगेन्द्र योगी
बिराटनगर,

मोरङको सुन्दरहरैंचाकाका नगर प्रमुख केदार प्रसाद गुरागाईले नगर अस्पतालमा पुगेर प्रयाजसो हरेक दिन बिरामी भेट्ने गरेका छन्। सुन्दरहरैंचा -१ मा अवस्थित नगर अस्पतालमा पुगेर नगर प्रमुख गुरागाईले सबै बिरामीहरुसँग अस्पतालको सेवा सुविधाका बारेमा जानकारी लिने गरेका छन्।

उनले अस्पतालमा आउने बिरामीहरुसँग स्वास्थ्य स्थिति र डाक्टरहरुले गर्ने व्यवहार बारे बुझ्ने गरेका छन्। उनले अस्पतालमा उपचाररत बिरामीहरुलाई कुनै पनि समस्य नहोस् भनेर हौसला प्रधान गर्न त्यहाँ पुग्ने गरेको बताए। त्यहाँ कार्यरत डाक्टरहरुसँग पनि भेट्ने र बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्न आवश्यक निर्देशन दिने गरेका छन्। बिरामीहरुले पनि नगर प्रमुखसँग भेट्ने र आफ्नो समस्या सुनाउने गरेका छन्।
 ‘उपचार गर्न आएका एक वृद्ध आमाले भनिन्,’म नगर अस्पतालमा पहिलो पटक आएको हुँ सेवा सुविधा राम्रो लग्यो अलिक लाईन बस्नुपर्दा थोरै समस्या भयो अरु सबै ठिक छ।’ उपचार गर्न आएको पहिलो पटक नै नगर प्रमुखसँग भेट्ने मौका मिल्यो वहाले मेरो स्वास्थ्यको बारेमा जानकारी लिनु भयो वहा सचिक्कै हाम्रो अभिभावक हुनुहुँदो रहेछ,ती वृद्ध आमाले थपिन्।
उनले आफू नगर पिता भएकाले बिरामीहरुसँग भेट्नु र स्वास्थ्य बारे जानकारी लिनु समस्य भएको प्रतिक्रिया दिए। नगर प्रमुखको व्यवहार देखेर उपचार आउने बिरामीहरु पनि दंङ पर्ने गरेको पाईएको छ। नगर भित्रका बिरामी मात्र नभएर अन्य छिमिकी पालिकाका बिरामीहरु पनि नगर अस्पतालमा आउने गरेका छन्। अहिले नगर अस्पतालको प्रशासनिक भवन धमाधम निर्माण भइरहेको छ।
उक्त निर्माणाधिन भवन प्रविन निर्माण सेवा कम्पनी दमक -५ झापाले निर्माण गरिरहेको छ भने २०८४ बैशाख २५ मा निर्माण सम्पन्न हुनेछ। पूर्व नगर प्रमुख शिव प्रसाद ढकालको पालामा राजनीतिक पहुचको आधारमा मात्र भेट्न पाउने बनाएको भएता पनि अहिलेका नगर प्रमुखले त्यसलाई हटाएर सबै सर्वसाधारण नागरिकलाई आफ्नो कार्यकक्षमा भेट्ने र समान व्यवहार गर्ने गरेको सेवाग्राहीहरुले बताउने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here