दमकका डीएसपी रामप्रसाद तिमल्सिनालाई पितृ शोक

0
217

झापा ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनालाई पितृ शोक परेको छ ।

दुधौली नगरपालिका २ सिन्धुली, स्थायी बसोबास रहेका डिएसपी तिम्सिनाका पिता केदारनाथ तिमल्सिनाको ७० वर्षको उमेरमा निधन भएको हो।

सामाजिक तथा धार्मिक व्यक्तित्वका रूपमा परिचित तिमल्सिनाको बुधबार निधन भएको हो। २०१२ साल चैत्र ८ गते बुधबार नै जन्मिएका तिमल्सिनाका श्रीमती कमलादेवी तिमल्सिना रहेकी छिन्।
उनका तीन छोरा बुहारी रहेका छन्। तीनजना छोरा बुहारी नै सरकारी सेवामा कार्यरत रहेको पारिवारिक स्रोतले जनाएको छ।

डिएसपी तिमल्सिना केदारनाथ तिमल्सिनाका कान्छा छोरा हुन्। उनका जेठा छोरा टंकप्रसाद शिक्षक पेशामा आबद्ध छन् । त्यस्तै उनका माइला छोरा खगेन्द्र पनि शिक्षक पेशामै आबद्ध छन्।

उनका छोरा बुहारीहरूमा टंकप्रसाद-गीता कुमारी, खगेन्द्र – प्रला, रामप्रसाद – लक्ष्मी तिमल्सिना रहेका छन्। केदारनाथकी कान्छी बुहारी लक्ष्मी विराटनगर नर्सिङ क्याम्पसमा सह प्राध्यापकको रुपमा कार्यरत रहेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here