बिर्तामोड ।
झापामको बिर्तामोड–५ का क्षितिज प्रसाई नेपालका लागि डिप्लोम्याट्य कार्यक्रमका देशीय प्रतिनिधिका रुपमा छनौट भएका छन् ।
मास्टर डिप्लोमेसी लिडरसीप एण्ड नेगोशिएसन्सको अवसर प्रदान गरिएको छ । उनी अब नेपालको नेतृत्व र कुटनीतिक संवादको प्रतिनिधिको रुपमा छनौट भएका हुन् ।
वेष्ट डिप्लो म्याच (युएन) ले प्रसाईलाई युवा ब्यक्तिको रुपमा छनौट गरेको हो । अबरोधहरु भन्दाको पर कुटनीति भन्ने नाराका साथ प्रसाईलाई युवाको नेतृत्व विकास सम्बन्धि प्रशिक्षणका लागि छनौट गरेको हो । नेपालबाट ३८ जना छनौट हुँदा झाापपाबाट प्रसाई छनौट भएका हुन् । उनीसहित झापाका ८ जना छनौट भएको बताइएको छ ।
युवाहरुको नेतृत्व विकास लागि विभिन्न काम गर्दै आएका प्रसाई पाथीभरा इन्जिनियरिङ कलेजमा समेत आवद्ध रहेका छन् । विभिन्न संघ–संस्था तथा सामाजिक गतिविधिमा सक्रिय प्रसाईले यो एउटा सुनौलो अवसर भएको बताएका छन् ।