ताप्लेजुङ,
ताप्लेजुङको फुङलिङमा गौहत्यामा संलग्न चारजना पक्राउ परेका छन् ।
फुङलिङ नगरपालिका –८ घुमाउने टोलमा गाई काटेर मासु भाग लगाइरहेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा फुङलिङ –८ बस्ने ६१ वर्षीय डिल्ली शेर्पा, सोही ठाउँ बस्ने ६० वर्षीय मानबहादुर तामाङ , ४८ वर्षीय पासाङ दावा शेर्पा र २९ वर्षीय सुवास तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले मासु, मासु काट्न प्रयोग गरेको दुई थान खुकुरी र अचानो बरामद गरेको छ ।
उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।