लागूऔषध ब्राउन सुगर र गाँजा सहित ६ जना पक्राउ

0
53

विराटनगर।

झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुर झापाको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड नगरपालिका-४ का ३२ बर्षीय धर्मा कुमार शर्मालाई २ ग्राम ६६ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित र प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड-३ का २६ बर्षीय बिर बहादुर राजबंशीलाई ५ सय ६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर-१५ स्थितबाट मोरङको शनिश्चरे-८ का ३२ बर्षीय उजिर लिम्बुलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यस्तै अस्थायी प्रहरी चौकी अमरहाट धरानको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान-१३ स्थितबाट यात्रुबाहक बसमा सवार धनकुटाको सहिदभुमी गाउँपालिका-२ का ५४ बर्षीय तेज बहादुर राईलाई ५५ किलोग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज-३ का १८ बर्षीय राज कुमार यादबलाई उनकै घरबाट ६ किलोग्राम २ सय ८० मिलिग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिए संगै कारोबारमा संलग्न १८ बर्षीय राजु यदबलाई समेत नियन्त्रण लिई थप अनुसन्धान गरी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here