झापा, झापाको बिर्तामोड निवासी एक व्यक्तिको जंगली हात्तीको आक्रमणका कारण निधन भएको छ । विहीवार राति तीन वजेको समयमा शौच गर्न शौचालय जाँदा जंगली हात्तीले आक्रमण गरी बिर्तामोड ७ निवासी ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो ।
यसअघि गत असार ६ गते जंगली हात्तीको आक्रमणबाट मेचीनगरका पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको थियो ।योसंगै यस आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापामा ६ जनाको ज्यान गइसकेको छ ।