पौडी खेल्ने क्रममा बालकको मृत्यु

0
14
भद्रपुर (झापा),
भद्रपुर–३ स्थित देउनिया र मेची खोलाको दोभानमा पौडी खेल्ने क्रममा १२ वर्षीय बालकको डुबेर मृत्यु भएको छ ।
महारानीचोकका अर्जुन लिम्बुका १२ वर्षीय छोरा अर्पण लिम्बू साथीहरूसँग पौडी खेल्ने क्रममा आज दिउँसो खोलामा डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किच्चकवधबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा खोजतलासका क्रममा बालकको शव घटनास्थलमा फेला पारेको प्रनाउ खगेन्द्र खड्काले जानकारी दिनुभयो ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here