योगेन्द्र योगी
बिराटनगर,
भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ ।
भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक तथा सूचना अधिकारी उमेश प्रसाद यादवले जानकारी दिए।
प्रहरी निरिक्षक तथा सूचना अधिकारी यादवका अनुसार राजेन्द्रले माइतीघरमा रहेकी वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र सालाे ९ वर्षीय सपन गिरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए।
‘गएराती करिव सवा १ बजे तीर यो घटना घटेको भन्ने जानकारी आएको थियो,सूचना अधिकारी यादवले भने,’त्यसपछि हत्याराले नै प्रहरीलाई फोन गरेर मैले ४ जनाकै हत्या गरे मलाई पक्राउ गर्न आउनु भनेका थिए।’
त्यति भनेर उनी पनि करिव ७ किलोमिटर टाडा घाइते अवस्थामा भेटिएको उनले बताए। हत्याराको पनि पेटमा ३ ठाउँ छुरा रोपिएको र अवस्था गम्भिर रहेको सूचना अधिकारी यादवले बताए।
अहिले उनको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको र अवस्था गम्भिर रहेकाले धरानस्थित घोपा पठाउने तयारी भईरहेको उनले बताए। घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।