झापा।
झाापााको बिर्तामोडमा रहेको तक्षशीला प्रोगेसिभ इङग्लिस स्कुलले थाइल्यान्डको राजधानी बैंककमा हालै आयोजित विश्व स्कुल शिखर सम्मेलन २०२५ (वल्र्ड स्कुल समिट)मा दुई वटा अन्तर्राष्ट्रिय उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ ।
शैक्षिक उत्कृष्टता, वालमैत्री र सक्षम नेतृत्वमार्फत रुपान्तरणकारी शिक्षामा पुर्याएको योगदानका लागि तक्षशीलाले गत शुक्रवार ती पुरस्कार प्राप्त गरेको हो । समग्र शिक्षामा उत्कृष्ट विद्यालय र मन्टेश्वरी शिक्षामा उत्कृष्ट विद्यालय विधामा तक्षशीलालाई पुरस्कृत गरिएको थियो ।
ती पुरस्कारहरु स्कुलकी कार्यकारी निर्देशक डा. अञ्जली कार्की प्रसाई र प्रबन्ध निर्देशक डा. निराजन प्रसाईलाई नेतृत्वकर्ताको रुपमा प्रदान गरिएको थियो । विद्यालयका शैक्षिक निर्देशक भिक्टर आई जोसेफ जोसेफ र मन्टेश्वरी निर्देशक सीमा जोसेफले बैंककमा पुरस्कार ग्रहण गरेका थिए ।
पुरस्कारहरुले प्रगतिशील शिक्षण पद्धति, मूल्यमा आधारित शिक्षाा र बालकेन्द्रित मण्टेश्वरी अध्यास मार्फत बहुआयमिक विद्यार्थीहरुलाई विकसित गर्न विद्यालयले गरेको प्रयासलाई विश्वब्यापी मान्यता प्रदान गरेको जनाइएको छ ।
डा. भिक्टर इग्नेसियस जोसेफले २३ वर्षभन्दा धेरै शैक्षिक नेतृत्व र अन्तराष्ट्रिय शिक्षाको अनुभव लिइसकेको बताइएको छ । अन्तराष्ट्रिय स्तरको शिक्षामा अवार्ड प्राप्त गर्न विद्यालय सफल भएको भन्दै शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबैलााई विद्यालयले धन्यवाद दिइको छ ।