विमल दहाल, इलाम ।

साना किसान महिला कृषि सहकारी संस्था लिमिटेड, दानावारी माई नगरपालिका इलामको १५औ बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
दानावारी क्षेत्रका ३०५ समूह अन्तरगत १२५२ जना महिला सदस्य रहेको साधारण सभाको सञ्चालक समितिको अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन एवं कार्यक्रम तथा बजेट अध्यक्ष कल्पना थापा मगरले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापा मगरले संस्थाले कृषकहरुलाई सहुलियत दरमा आधुनिक कृषि औजार, अन्य कृषि सामग्रीहरू, रासायनिक मलहरू, जैविक मलहरु, धान मकै घाँसका बिउ तथा तरकारीहरूका बीउहरू प्रदान गर्दै रहेको जानकारी दिनुभयो ।
२०६७ साल पौष १९ गते डिभिजन सहकारी कार्यालय इलाममा दर्ता भई १५ वर्षदेखि निरन्तर सक्रिय रहेको बताउनुहुदै संस्थाको कार्यक्षेत्र माई नगरपालिकाभरि भएकाले सदस्यता विस्तार अन्तर्गत १० वटा वडाहरूमा वित्तीय सेवासहित कार्यक्रम लैजाने तयारी रहेको जानकारी दिनुभयो। साना किसान सहकारीले हाल माई नगरपालिका १ देखि ५ वडासम्म मात्र कार्य गर्दै रहेको छ।
कार्यक्रम तथा प्रगति प्रतिवेदन सहकारीका प्रबन्धक इन्द्र वहादुर रैका मगर (दिपक)ले प्रस्तुत गर्नुहुदै आर्थिक बर्ष २०८१/०८२ मा आईपुग्दा ३०५ समुह मार्फत सञ्चालित सहकारीको शेयर पुँजी २ करोड ७३ लाख ६९ लाख १ सय रुपैया, निक्षेप ८ करोड ७ लाख २७ हजार ६ सय ४८ रुपैया, कर्जा लगानी २० करोड ८७ लाख ५८ हजार ५ सय ५१ रुपैया र मुनाफा ५१ लाख ८४ हजार ४ सय २८ रुपैया रहेको बताउनुभयो । त्यस्तै प्रतिवेदन मार्फत प्रबन्धक मगरले सुत्केरी स्याहार खर्च २१ जनालाई ४२ हजार रुपैया र काजक्रिया खर्च ८ जनाको २ लाख ५० हजार ६ सय ५० रुपैयाँ प्रदान गरिएको जानकारी दिनुभयो ।
प्रबन्धक मगरले संस्थाको वर्षका प्रमुख सूचकहरू अन्तर्गत कुल सदस्य मध्ये ५८ प्रतिशत अर्थात् ७३७ जना ऋणी सदस्य रहेको, सेयर पुँजी २ करोड ७३ लाख ६९ हजार १ सय रुपैयाँ, समूह बचत ३ करोड १३ लाख १३ हजार ७ सय ९२ रुपैयाँ, व्यक्तिगत बचत २ करोड ६९ लाख ९८ हजार ६ सय ५४ रुपैयाँ, ग्रा.सु. बचत २ करोड २४ लाख १५ हजार २ सय २ रुपैयाँ र जम्मा बचत ८ करोड ७ लाख२७ हजार ६ सय ४८ रुपैयाँ रहेको जानकारी दिनुभएको थियो।

त्यस्तै कुल आन्तरिक पुँजी स्रोत ९ करोड ५ लाख १८७२२ रूपैयाँ कुल लगानी १७ करोड १७ लाख २४ हजार, साँवा असुली १६ करोड २६ लाख ५३ हजार रुपैयाँ, ब्याज असुली ३ करोड १८ लाख ११ हजार रुपैयाँ, कुल लरर २० करोड ८७ लाख ५९ हजार रुपैयाँ, भाका नागेको कर्जा १५ लाख ३२ हजार रुपैयाँ, आउनुपर्ने ब्याज बाँकी २ लाख ९५ हजार, बाह्य ऋण/लरर ११ करोड ८२ लाख ३९ हजार ८ सय २९ रुपैयाँ, असुली दर ९८% र नाफा नोक्सान अन्तर्गत ५१ लाख ८४ हजार ४ सय २८ रुपैयाँ नाफा रहेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको तर्फवाट वार्षिक प्रतिवेदन लेखा समिति संयोजक धनकुमारी राईरवाट प्रस्तुत भएको थियो । संयोजक राईले अघिल्लो साधारण सभाको निर्णयको कार्यान्वयनको अवस्था, सञ्चालक समिति र उपसमितिको बैठक, ऋण लगानीको प्रक्रिया, ऋण बापतको सुरक्षा वा धितो सम्बन्धी व्यवस्था, सहकारी विभागबाट जारी गरिएको मापदण्डको पालना सम्बन्धी संक्षिप्त व्यवस्था, सहकारी विभागले अनुगमन गरी प्रस्तुत गरिएको प्रतिवेदन अनुसारको सुझाव वा निर्देशनहरु, समितिका पदाधिकारीको पारिश्रमिक भत्ता तथा अन्य सुविधा सम्बन्धी व्यवस्था, कर्मचारी भर्ना प्रक्रिया र संस्था लेखा सुपरिवेक्षण ले दिएका सुझाव कार्यान्वयनको अवस्था बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
साधारण सभा कार्यक्रममा सहभागी भएका सदस्यहरूमध्ये बाट तीनजना सदस्यहरूलाई नगदसहित गोलाप्रथाबाट पुरस्कृत गरिएको थियो। साधारण सभामा निर्धारित समयमा सहभागी भई सभा सम्पन्न गर्ने सदस्य मध्ये गोला प्रथा बाट नगद ५ हजार सहित समूह नम्बर ३०५ की पवित्रा गिरी, नगद २५ सय सहित समूह नम्बर १३९ की उमादेवी दुलाल र नगद १५ सय सहित समूह नम्बर २६ की कर्णमाया लिम्बू पुरस्कृत हुनुभएको थियो।
संस्थाका अध्यक्ष कल्पना थापा मगरको अध्यक्षता, उपाध्यक्ष बालिका ढकालको स्वागत तथा लेखा समिति सदस्य सिता भट्टराईको सञ्चालनमा कार्यक्रममा पुर्व अध्यक्ष नरमाया धमला, पुर्व उपाध्यक्ष रन्जना थापा, पुर्व सन्चालन समिति सदस्य सुकमाया तामाङ, पुर्व शिक्षा समिति संयोजक विष्णुमाया सुवेदी, संस्थापक सदस्य विष्णुमाया कामी, पत्रकार विमल दहाल लगायत मन्तब्य राख्नुभएको सहकारी सह-प्रबन्धक सिर्जना खवास मगरले जानकारी दिनुभयो ।






























