रेडियो कार्यक्रम उत्पादन तालिम सम्पन्न

0
434

2 1

अर्जुनधारा,असोज १०। जिनियस मिडिया प्रा.लि.द्धारा सञ्चालित मेरो रेडियो १०५ मेघाहर्जको आयोजनामा आयोजित १० दिवसीय रेडियो कार्यक्रम उत्पादन तथा प्रस्तुती तालिम सम्पन्न भएको छ ।
झापाको शनिअर्जुन नगरपालिका–१स्थित सामुदायिक भवनमा गत असोज १ गतेदेखि सञ्चालनरत् सो तालिम सम्पन्न भएको हो ।
रेडियो सञ्चालन समितिका सदस्य शंकर सुवेदीको सभापतित्व र नेपाल पत्रकार महासंघ झापाका सभापति भीम नेम्वाङको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
तालिमका सहभागीहरुलाई महासंघ झापाका सदस्य अमित खम्बू, शनिअर्जुन प्रेस क्लबका अध्यक्ष दिपीन राई, शनिश्चरे प्रहरी चौकीका व्यवस्थापन समिति अध्यक्ष अशोक विष्ट, प्रशिक्षार्थीहरु उमाकान्त खनाल, लीला अनमोल र ज्ञानेन्द्र निरौलालगायतले प्रमाण पत्र प्रदान गरेका थिए ।
तालिमका सहभागिद्धय केदार खतिवडा र सुष्मा त्रिखत्रीले तालिमबाट प्राप्त अनुभवबारे जानकारी गराएको कार्यक्रममा अतिथिहरुले तालिमबाट प्राप्त अनुभवलाई व्यवहारीकरुपमा प्रयोग गर्न सुझाएका थिए ।
अर्का सञ्चालक समिति सदस्य सुरेन्द्र शाहूलगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन रेडियोका प्रबन्ध निर्देशक कुमार भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here