फोर्ड फिगो बजारमा

२४ चैत्र २०७५, आईतवार मा प्रकाशित

बिर्तामोड , आरामदायी सवारीको पर्याय बनिरहेको फोर्ड कम्पनीले सन् २०१९ मा थप परिमार्जित गरी पारखीका लागि फोर्ड फिगो बजारमा ल्याएको छ ।

फोर्डको बिर्तामोडका लागि आधिकारिक विक्रेता युनाइटेड ब्रदर्स एलायन्सले फोर्ड फिगोको आइतबारदेखि बिक्री खुला गरेको हो । एरिया सेल्स मेनेजर अभिषेक भट्टराईका अनुसार कम्पनीले यसपल्ट शक्तिशाली इञ्जिन, १२ सयभन्दा बढी फिचरमा परिवर्तन गरी आकर्षक डिजाइनमा आरामदायी भित्री बनोट निर्माण गरेको छ ।

कम्पनीले पेट्रोल र डिजेल इन्धनबाट चल्ने दुई इञ्जिन, चार मोडल र सात वटा रंगमा फोर्ड फिगो बजारमा ल्याएको उनले बताए । फिगोमा सरक्षित प्रविधि, उत्कृष्ट ग्राउण्ड क्लियरेन्स, कनेक्टिभिटी र मनोरञ्जनका लागि ७ इन्चको टच स्क्रिन उपलब्ध गराएको उनको दाबी छ ।

२४ लाख ९९ हजारबाट २०१९ संस्करणको फोर्ड फिगो नेपालमा उपलब्ध रहेका जानकारी दिँदै उनले सबै गाडीमा ६ वटा एयर ब्याग रहेको पनि उल्लेख गरे । उनका अनुसार पेट्रोलबाट चल्ने न्यू फोर्ड फिगो एम्बिएन्ट २४ लाख ९९ हजार, न्यू फोर्ड फिगो टाइटानियम २७ लाख ९९ हजार र न्यू फोर्ड फिगो टाइटायिनम एटीको मूल्य ३१ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ ।

त्यस्तै, डिजेलबाट चल्ने न्यू फोर्ड फिगो एम्बिएन्ट २७ लाख ९९ हजार र न्यू फोर्ड फिगो टाइटायिनम २९ लाख ९९ हजारमा उपलब्ध छ । एलायन्स बिर्तामोडका युवा व्यवसायी विपिन बस्नेत र सजेश सिवाकोटीले ७ वर्ष अघिदेखि फोर्ड कम्पनीका विभिन्न गाडी बिक्री गरिरहेका छन् ।

सञ्चालक बस्नेतका अनुसार हालसम्म चार सयभन्दा बढी गाडी बिक्री गरेको एलायन्सले २०१८ मा ९७ वटा र २०१७ मा ८६ वटा गाडी बिक्री गरेको थियो । एलायन्समा हाल पनि ७ वटा मोडलमा फोर्डको गाडी बिक्रीमा रहेको उनले बताए ।

फोर्डको शोरुममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र सञ्चालक बस्नेतले संयुक्तरुपमा फोर्ड फिगोको लञ्च गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here