ज्येष्ठ माता सम्मानित

0
644

अर्जुनधारा।

चौलागाई प्रतिष्ठान अर्जुनधारा नगर समितिले एकजना ज्येष्ठ मातालाई सम्मान गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमार चौलागाईंको अध्यक्षता र प्रतिष्ठानका केन्द्रीय सदस्य शिवशर्मा चौलागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सोही नगरपालिका–३ निवासी तुलसादेवी चौलागाईंलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठान झापाका माधवप्रसाद चौलागाईं, कोषाध्यक्ष सुनिता चौलागाईं, कनकाई नगर समितिका अध्यक्ष नरेन्द्र चौलागाईं, बुद्धशान्ति गाउँ समितिकी अध्यक्ष विष्णुमाया चौलागाईं, कोषाध्यक्ष वेदनिधि चौलागाईं, काशिनाथ तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मातातीर्थ आंैशीको अवसर पारेर गरिएको कार्यक्रममा समितिकी उपाध्यक्ष दिलमाया चौलागाईंले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव गोपीकृष्ण चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here