डिजे वेट् फेस्टको तयारी

0
711

चारपाने।

एक्तेन मुभी प्रालिको आयोजनामा झापाको बिर्तामोड र दमकमा डिजे वेट् फेस्ट २०१९ सिजन–२ हुने भएको छ ।

बिर्तामोडको हबी स्वीमिङ् पुलमा हुने कार्यक्रममा युक्रेनका डिजे लिनाटा, प्रख्यात नेपाली डिजे विधान, अर्पना, ¥यापरहरु सरकार र दंगाली बोइको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रम दमकको कनकाई पार्टी प्यालेसमा जेठ २५ र बिर्तामोडमा जेठ २७ गते दिउँसो २ बजेबाट शुरु हुने कार्यक्रमका संयोजक गोपाल एक्तेनले जानकारी दिए । दमकमा जेठ ४ र बिर्तामोडमा ६ गते हुने भनिएको कार्यक्रम प्राविधिक कारणले सारिएको संयोजक एक्तेनले बताए ।

कार्यक्रमको मिडिया पाटर्नरको रुपमा पूर्वाञ्चल दैनिक, आमसञ्चार डटकम, सेल्फी टीभी र सजिलो खबर रहेका छन् भने कार्यक्रमलाई सिङ्गापुरे बेभरेज नेपाल, बिर्ता मिडिया, केटीएम जिन्स, वेभ फेसन वेर, हिल्स् एण्ड टोस्, मिकफुङ कलेक्सन र इसुजुले सहयोग गरेका छन् ।

बिशेषगरी युवाहरुलाई लक्षित गरेर आयोजना गर्न लागिएको यो कार्यक्रमको लागि अहिलेबाटै टिकट खुल्ला गरेर र यसपटक गतबर्ष भन्दा विशेष व्यवस्थापनमा दर्शकलाई सांगीतिक कार्यक्रम देखाउन तीब्र तयारीमा लागी परिरहेको आयोजक संस्थाका गोपाल एक्तेनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here