प्रजातान्त्रिक विचार समाज स्थापना अध्यक्ष दाहाल

0
397

भद्रपुर।

झापाका बौद्धिक तथा प्रबुद्ध व्यक्तिहरुको भेलाले अग्रज पत्रकार चिन्तामणि दाहालको अध्यक्षतामा १५ सदस्यीय प्रजातान्त्रिक विचार समाज झापा शाखा गठन गरेको छ ।

भद्रपुरमा विहीबार सम्पन्न कानून व्यवसायी, प्राध्यापक, सञ्चारकर्मी लगायतका बौद्धिक व्यक्तिहरुको भेलाले दाहालको अध्यक्षतामा १५ सदस्यीय विचार समाज शाखाको तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिको उपाध्यक्षमा डा. मुक्तिनाथ भट्टराई, सचिवमा भरत प्रसाई, सहसचिवमा ठाकुर रसाइली र कोषाध्यक्षमा मञ्जु सिटौला (पोखरेल)लाई सर्वसम्मत चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा यज्ञलक्ष्मी चौलागाँई, प्रकाश भण्डारी, सोमप्रसाद ढुङ्गेल, बिनोद गौतम, बडाराम हेमरम, बद्री कार्की, यज्ञ अधिकारी, सुशील खनाल, केशव काफ्ले र गिरिराज भट्टराईलाई चयन गरिएको छ ।

सोही भेलाले प्रा.डा.पृथ्वीविक्रम राई, विन विश्कर्मा, अरुण भट्टराई, सुरज खत्री, कमला पोखरेल, नारायणप्रसाद पौडेल, कुमारमणि पोखरेल, बिदुरप्रसाद खतिवडा सदस्य रहने गरी सल्लाहकार समिति समेत गठन गरेको जनाइएको छ ।

चिन्तामणि दाहालको अध्यक्षता तथा प्रा.डा. पृथ्वीविक्रम राईको प्रमुख आतिथ्यमा भएको भेलाको सञ्चालन भरत प्रसाई र स्वागत अरुण भट्टराईले गरेका थिए ।

गठित तदर्थ समितिले आगामी ६ महिनाभित्रमा कार्य समितिलाई बैधानिकता दिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here