बिर्तामोडमा अल नेपाल एजुकेशन फेयर

0
462

बिर्तामोड।

झापाको बिर्तामोडमा दोस्रो अल नेपाल एजुकेशन फेयरको तयारी गरिएको छ ।

ब्रिज एजुकेसन फाउण्डेशन तथा एएस इभेन्ट एण्ड मार्केटिङ्गको आयोजनामा आगामी बैशाख २९ र ३० गते बिर्तामोडमा दोस्रो अल नेपाल एजुकेशन फेयरको तयारी गरिएको ब्रिज एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक प्रकाश पाठकले जानकारी दिए ।

बद्लिँदो शैक्षिक वातावरण र विद्यार्थीहरुको विभिन्न विषयको रोजाइलाई मध्यनजर गर्दै एकै छानामुनि दुई सयभन्दा बढी कोर्षहरुबारे विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले एजुकेशन फेयरको आयोजना गरिएको उनले बताए ।

एसईई परीक्षा उत्तीर्णपछि कलेज र विषयबारे जानकारी लिन काठमाडौं जानुपर्ने झन्झटबाट विद्यार्थीहरुलाई मुक्ति दिने उद्देश्यले बिर्तामोडमा फेयरको आयोजना गरिएको बताउँदै प्रबन्ध निर्देशक पाठकले फेयरमा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह समेत गरे ।

बिर्तामोडस्थित आदर्श बैंक्वेटमा आयोजना गरिएको एजुकेशन फेयरमा नेपाल, भारत र अष्ट्रेलियाका २० वटाभन्दा बढी कलेज तथा युनिभर्सिटीहरुको सहभागिता रहने उनले जानकारी दिए ।

फेयरमा झापाका पाँच वटाभन्दा बढी कलेजहरुको समेत सहभागिता रहने बताउँदै प्रबन्ध निर्देशक पाठकले फेयरमा काठमाडौं र झापाका स्कुल तथा कलेजहरुका प्रधानाध्यापकहरुको सहभागितामा शिक्षा सम्बन्धी विभिन्न छलफल, बहस र अनुभवको आदान–प्रदान समेत गरिने जानकारी दिए ।

त्यस्तै फेयरमा सहभागी हुने विद्यार्थीहरुलाई उनीहरुले रोजेको विषय र त्यस सम्बन्धी कलेजका बारेमा शैक्षिक परामर्श गर्नुका साथै स्पोट एड्मिसन समेत गरिने उनले जानकारी दिए । त्यस्तै फेयरमा सहभागी विद्यार्थीहरुलाई ब्रिज एजुकेशन फाउण्डेशनको तर्फबाट आइएलटिएसको तयारी कक्षा निःशुल्क प्रदान गरिने उनले बताए ।

फेयर उद्घाटनको दिन २९ गते नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको उनले बताए । एसईई परीक्षा दिएर बसेकादेखि माष्टर्सको तयारी गरेका विद्यार्थीहरुले फेयरमा सहभागिता जनाउन सकिने उनले बताए ।

विशेषगरी आइटी, इञ्जिनियरीङ, म्यानेजमेन्ट, हेल्थ साइन्स लगायतका विषयहरुमा विद्यार्थी लक्षित परामर्श समेत प्रदान गरिने उनले जानकारी दिए । बिर्तामोडसहित इटहरी र बुटवलमा समेत एजुकेशन फेयरको आयोजना गरिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here