जेसीजको शैक्षिक अभियान

0
1339

भद्रपुर।

भद्रपुर जेसीजले नेतृत्व विकाससँंगै सामाजिक विकास कार्यक्रम अन्तर्गत भद्रपुरका दुईवटा विद्यालयमा अध्ययनरत् एक सय दुई जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई टिकाई रहन सहज होस् भन्ने उद्देश्यले भद्रपुर– १० स्थित कृष्ण प्राथमिक विद्यालय र भगवती प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो । भद्रपुर जेसीजको आयोजना तथा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा कृष्ण आधारभूत विद्यालयका ४८ जना र भगवती आधारभूत विद्यालयका ५२ जना गरी एक सय दुईजना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।

जेसीजले गत बैशाख २३ गतेदेखि सञ्चालन गरेको शैक्षिक अभियान अन्तर्गत भद्रपुर– ९ स्थित जीवन ज्योति आधरभूत विद्यालयका दुई जना विद्यार्थीलाई अभिभावकत्व ग्रहण गर्दै १५ दिनमा १२ दिन हाजिर हुने विद्यार्थीहरुलाई वर्षभरी लुगा धुने साबुनसहित खेलकुद सामग्री प्रदान गरिसकेको छ ।

त्यस्तै पुहातु जनज्योति माविका छात्राहरुलाई दुई सय ५० थान सेनेटरी प्याड र भद्रपुर– ४ स्थित जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिसकेको छ ।

भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिराप्रसाद पोखरेल, कृष्ण प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धु्रव न्यौपाने, भद्रपुर जेसीजका पूर्व अध्यक्ष राजेन्द्र भट्टराई, भद्रपुर– १० का वडासदस्य तुलसी पोखरेल, भगवती प्राविका प्रधानाध्यापक रीता कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालीग्राम नेपाल, नेकपाका युवा नेता नरेश सञ्जेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भद्रपुर जेसीजका उपाध्यक्ष रमेश कार्कीले स्वागत गरेको कार्यक्रममा मनोज भट्टराई र सविता पोखरेलले जेसीज आस्था वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन भद्रपुर जेसीजका महासचिव डिल्लीराम पोखरेलले गरेका थिए ।

त्यस्तै बाहुनडाँगी जेसीजको आठ दिवसीय तालिम अन्तर्गत विद्यार्थीहरुका लागि ‘ट्राफिक सचेतना, अपराध तथा लागूऔषध दुव्र्यसन न्यूनीकरण’ सम्बन्धी एकदिने सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा गत १८ गतेबाट शुरु भएको तालिम अन्तर्गत इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्राविधिक सहयोगमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । साबिकको बाहुण्डाँगी स्रोतकेन्द्रका सामुदायिक र निजी विद्यालय अन्तर्गत आधारभूत र मावि तहका ७० जना विद्यार्थीहरुको सहभागितामा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सहजीकरण अपराध सम्बन्धी प्रहरी निरीक्षक सुलिन धाँजु, लागूऔषध सम्बन्धी प्रहरी नायव निरीक्षक किशोर श्रेष्ठ र प्रहरी सहायक निरीक्षक लेखराम बस्नेत तथा ट्राफिक नियम सम्बन्धी प्रहरी नायव निरीक्षक कालीदास रेग्मीले सहजीकरण गरेका थिए ।

बाहुनडाँगी जेसीजका अध्यक्ष कञ्चन उप्रेतीको अध्यक्षता तथा मेचीनगर– १ का वडाध्यक्ष पासाङ तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बाहुनडाँगी जेसीजका पूर्व अध्यक्ष बद्री निरौला, निवर्तमान अध्यक्ष जीवन मोते, प्रहरी निरीक्षक सुनिल धाँजु, मेची जनसाधारण माविका शिक्षक यामप्रसाद गुरागाई, सहभागी विद्यार्थी रोज बुढाथोकीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक हेमन्त मोक्तानले स्वागत गरेको कार्यक्रममा आस्था वाचन सदस्य रजत भण्डारी र सञ्चालन महासचिव देबु बानियाँले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here