बिर्तामोड।
वीरता जेसीज, वीरता लेडी जेसीज र बिर्तामोड अपाङ्गता स्वावलम्वन संस्थाको सयुक्त आयोजनामा बिर्तामोडमा ह्वीलचियर तथा ट्राइसाइकल नापजोख कार्यक्रम सम्पन्न भएको छ ।
वीरता जेसीजका अध्यक्ष विशाल थापाको अध्यक्षता तथा राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज काठमाडौंका उपाध्यक्ष सुगम भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आस्था वाचन उपाध्यक्ष एल.सी. श्रेष्ठले गरेका थिए ।
बिर्तामोड नगरपालिका वडा नं. ४ स्थित बिर्तामोड अपाङ्गता स्वावलम्वन संस्थाकोे कार्यालयमा भएको कार्यक्रममा ५० जनाभन्दा बढीले ह्वीलचियर तथा ट्राइसाइकलको नापजोख गरेको सामाजिक सञ्जाल संयोजक सञ्जय राजवंशीले जानकारी दिए ।
ह्वीलचियर तथा ट्राइसाइकलको नापजोख भएको कागजपत्र काठमाडांै पठाइने र त्यहाँबाट सामग्री उपलब्ध भएपछि ह्वीलचियर तथा ट्राइसाइकलको नापजोख गरेकालाई उक्त सामग्रीहरु वितरण गरिने वीरता जेसीजका अन्तर्राष्ट्रिय जेसीज संयोजक मिजास पोखरेलले बताए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव जेसी कुशल खतिवडाले गरेका थिए ।