दुबईमा बस दुर्घटना १७ जनाको मृत्यु

२४ जेष्ठ २०७६, शुक्रबार मा प्रकाशित

एजेन्सी ।

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।

दुर्घटनामा ५ जना गम्भीर घाइते भएको दुबई प्रहरीले जनाएको छ। बिहीबार साँझ इदको बिदा मनाएर दुबईबाट ओमान फर्किदै गरेका ३१ जना पर्यटक सवार बस दुबईको शेख जायद रोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

घटनामा विभिन्न देशका नागरिकको मृत्यु भएको जनाइएको छ। तर कुन कुन देशका नागरिक थिए भन्ने खुलाइएको छैन्। मृतक र घाइतेलाई दुबईको राशिद अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here