पत्रकार उपचार कोष र मृगौला रोग पीडितलाई जेसीजको सहयोग

0
613

बिर्तामोड।

‘मावनताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीज आस्थाको सार आत्मसात गरी वीरता जेसीजले पत्रकार उपचार कोष र मृगौला रोगबाट पीडित एक बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

बिहीबार बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच प्रमुख अतिथि जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, वीरता जेसीजका अध्यक्ष विशाल थापा र निवर्तमान अध्यक्ष एकराज गिरीले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।

नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि प्रदान गरिएको १५ हजार रुपैयाँ महासंघका अध्यक्ष तारामणि सापकोटा र सहसचिव केशव भट्टराईले ग्रहण गरेका थिए । त्यस्तै अर्जुनधारा–९ स्थित मृगौला सम्बन्धी रोगबाट पीडित रमेश लोहारको उपचारमा सहयोग पु¥याउन प्रदान गरिएको ११ हजार रुपैयाँ उनकी दिदी पार्वता लोहारले ग्रहण गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि बस्नेत, महासंघका अध्यक्ष सापकोटा, एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना सिटौला, मृगौला रोगबाट पीडित रमेशकी दिदी लोहारले मानवीय सेवाका लागि वीरता जेसीजले गरेको सहयोगको सराहना गरेका थिए । वीरता जेसीजका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक विकास बस्नेतले, आस्था वाचन कोषाध्यक्ष घनश्याम चौधरीले र जेसीआई मिसन तथा भिजनको वाचन राजीव धिमालले गरेका थिए ।
कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।

वीरता जेसीज र बिर्ता मिडियाको संयुक्त आयोजनामा हुने मिस टिन प्रदेश नं. १ प्रतियोगिताका प्रतियोगीहरुका लागि सञ्चालित बन्द प्रशिक्षणका बीचमा उक्त समारोह सम्पन्न गरिएको सामाजिक सञ्जाल संयोजक सञ्जय राजवंशीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here