२६ करोडको लागतमा इलाममा चिया अनुसन्धान केन्द्र निर्माण गरिने

0
688

फिक्कल,

चियाको राजधानीका रूपमा चिनिएको इलाममा चिया अनुसन्धान केन्द्र निर्माण गरिने भएको छ । सूर्योदय नगरपालिकाले करीब रु २६ करोडको लागतमा कन्याममा सो केन्द्र स्थापना गर्नका लागि रु पाँच करोड उपलब्ध गराउनाका साथै काम पनि शुरु गरिसकेको छ ।

प्रदेश नं १ सरकारले आफ्नो बजेट वक्तव्यमै चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना गर्न पहल गरिने जनाएको थियो । चियाको अनुसन्धानमा प्रदेश सरकारले पनि यसै नगरपालिकासँग सहकार्य गर्ने बताइएको छ । उक्त नगरपालिका जिल्लाको सबैभन्दा बढी चिया उत्पादन हुने नगरपालिका हो ।

यहाँ चिया अनुसन्धान भवन निमार्णका लागि नक्सा निर्माण गरिसकिएको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो । उहाँले चियाबारे बुझ्न आउने, अवलोकनकर्ता, खोजकर्ता र चियाका पारखीलाई यसले अझ मद्दत गर्ने बताउनुभयो ।

गत वर्षको नगरसभाले टि टेस्टिङ र अनुसन्धान केन्द्र बनाउने नीतिबमोजिम काम शुरु गरेकामा सो कार्यक्रमलाई सफल बनाउन यो कार्यक्रम अघि बढाइएको हो । उक्त नगरपालिकाभित्र निजी क्षेत्रबाट सञ्चालित जम्मा ५२ चिया प्रशोधन केन्द्र छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here