राष्ट्र वैंकको निर्देशिकाको स्वागत गरेपनि पेशागत बिमा अभिकर्ता संघ नेपाल आन्दोलित

१ भाद्र २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड, मौद्धिक नीति मार्फत नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकालाई पेशागत बिमा अभिकर्ता संघ नेपालले स्वागत गरेको छ ।

संघले नेपाल राष्ट्र बैंकका गर्भन चिरन्जीविनेपाललाई आफ्नो आधिकारीक धारणा सहितको ज्ञापन पत्र बुझाउदैं बैंक तथा वित्तिय कम्पनीहरुको स्वच्छदता र विशवासलाई जोगाउन र भविश्यमा पर्न सक्ने असरहरुलाई कध्यनजर गर्दै वित्त कम्पनीहरुलाई बिमा सम्बन्धी त्यस्ता कामहरु गर्न बन्देज लगाउन गरिएकोनिर्णयलाई स्वागत गर्दछौं भनिएको छ ।

बैंकहरुले बचत कर्ताहरु तथा ऋणिहरुलाई जबरजस्ती बिमा गर्न लगाउने, बिमा नगरे सम्म ऋण स्वीकृत नगरिएको,स्वीकृत गरिएको ऋणलाई पनि बिमा नगरेसम्म बचत कर्तालाई भुक्तानी नदिएको, बचत कर्तालाई निःशुल्क बिमा गरिदिने भनि गलत विज्ञापन गरेको विषयमा सघंले यस अघि पनि पटक–पटक आवाज उठाउदै आएको थियो ।

बैंक बिमा कम्पनीहरुको बिचमा बैंकास्योरेन्सका नाममा सम्झौता गरेकोभनेरदिनहुँ जसो सञ्चार माध्यममा प्रचार गरिए पनि नेपाल राष्ट्रिय बैंक तथा विमा ऐन कतैउल्लेख नभएको पेशागत बिमा अभिकर्ता संघका केन्द्रिय सदस्य चन्द्रप्रसाद कडरिया सिपिले बताए । उनलेभने–२०७६ साउन २२ गते नेपाल वर्कस संघले प्रेस विज्ञप्ती जारी गर्दै बैंकहरुलाई बैंकास्योरेन्स गर्न बन्देज लगाउनुउचित नभएको हाम्रो ठहर छ ।

उक्तनिर्णय पूनरावलोकन गर्नराष्ट्र बैंकलाई अनुरोध गरेकोबताए । उनले अन्तराष्ट्रिय रुपमै असफल सिद्ध भइसकेको नेपाल सरकारले जारी गरेको मौद्धिक नीति अन्र्तगत राष्ट्र बैंकको विधिवत निर्देशन मार्फत खारेज भएको बैंकास्योरेन्स फेरी ब्युत्याउन खोज्नु मुर्खता पूर्ण प्रयास हो ।

राष्ट्र संघकोनिर्देशिक विपरित अझैं पनि कतिपय बैंकहरुले भिन्न–भिन्नै पोलिसी पाइएको छ नेपाल लाइफ इन्सुरेन्स कम्पनीलिका विमक समितिका केन्द्रिय सल्लाहकार समेत रहेका कडरियालेभने–उक्त र्हकत बन्द नगरे देशभरका ५ लाखको संख्यामा रहेका अभिबर्ताहरु आन्दोलनमा उत्रन बाध्य हुनेछन् । संघले राष्ट्रबैंकलाई बैंकतथा वित्तिय कम्पनीले बिमा सम्कन्धीकाम गर्दा पर्ने असरहरुको विषयमा समेत जानकारी गराएकोछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here