‘कम्युनिष्टले मुलुकलाई विकास र निकास दिँदैन’

९ आश्विन २०७६, बिहीबार मा प्रकाशित

बिर्तामोड।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य सरिता प्रसाईले कम्युनिष्टहरुबाट देशले निकास र विकास दुबै नपाउने बताएकी छिन् । उनले चार जना कम्युनिष्ट प्रधानमन्त्री हुँदा नबनेको संविधान नेपाली कांग्रेसले जारी गरेर मुलुकलाई निकास दिएको बताइन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नं. २ अन्तर्गत प्रदेश ख ले शनिश्चरे बजारमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा लिप्त कम्युनिष्ट सरकारलाई ठूलो आश गरेर भोट हालेका जनताले राम्ररी चिनिसकेको बताइन् ।
त्यस्तै नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले तोडफोड र हिंसाको राजनीतिमा कांग्रेसले विश्वास नगर्ने बताउँदै शान्तिपूर्ण विरोध प्रदर्शनले ठूला–ठूला परिवर्तन भएको उदाहरण प्रस्तुत गरे । संसारले त्याग्दै गएको कम्युनिष्ट शासन नेपालमा सम्भव नरहेको बताउँदै उनले असम्भव कुरामा समय खेर फालेर देश र जनतालाई दुःख नदिन सत्ताधारीलाई सुझाव दिए ।

प्रदेश ख सभापति किरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रतिनिधि लोकराज ढकालले विरोध सभाको औचित्यमाथि प्रकाश पारेको थिए भने अर्जुनधारा नगर सभापति हेमराज खरेलले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन शेखर बनले गरेका थिए ।

त्यसैगरी झापा क्षेत्र नं. २ प्रदेश क को आयोजनामा विर्ता बजारमा विरोध सभा सम्पन्न भएको छ । प्रदेश क्षेत्रीय सभापति धर्म लक्सम्बाको अध्यक्षतामा भएको कार्यक्रममा जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईको प्रमुख आतिथ्य तथा जिल्ला प्रतिनिधि भक्तिप्रसाद सिटौलाको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा संविधानसभा सदस्य अमृतलाल राजवंशी, सजेश शिवाकोटी, भुमा घिमिरे, चन्द्र गिरी, विष्णु खरेल, भोजराज सिटौला, लीलाबहादुर कटुवाल, यज्ञप्रताप अधिकारी, उर्मिला पोखरेल लगायतले बोलेका थिए । भोलानाथ पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन लक्ष्मी आचार्यले गरेका थिए ।

अभियानकै क्रममा नेपाली कांग्रेस झापा क्षेत्र नं. १ ले प्रदेश क र ख को संयुक्त विरोधसभा काँकरभिट्टाको हनुमान मन्दिर परिसरमा सम्पन्न गरेको छ । कोणसभालाई जागरण अभियानका केन्द्रीय प्रतिनिधि तथा कार्यक्रमका प्रमुख अतिथि रमेशजंग रायमाझी, विन्दिया कार्की, जिल्ला प्रतिनिधि सुधिरकुमार शिवाकोटी, राजेन्द्रप्रसाद भण्डारी, क्षेत्रीय सभापति मणि उप्रेती, मेचीनगर सभापति इन्द्र बुढाथोकी, तरुण दल झापाका सभापति गोपाल तामाङ लगायतले बोलेका थिए । हर्क फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सीता पोखरेल र सञ्चालन बद्री खड्काले गरेका थिए ।

त्यसैगरी झापा क्षेत्र नं. ३ प्रदेश क ले पृथ्वीनगरको सोमबारेमा विरोधसभा सम्पन्न गरेको छ । चिन्तामणि खरेलको अध्यक्षतामा भएको कार्यक्रममा जागरण अभियानका केन्द्रीय प्रतिनिधि केदार कार्कीको प्रमुख आतिथ्य र सन्तोषकुमार मेयाङबोको विशेष आतिथ्य रहेको थियो । गणेश पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन गीताप्रसाद भट्टराईले गरेका थिए ।

त्यसैगरी क्षेत्र नं. प्रदेश ख ले हल्दिबारी गाउँपालिकाको मंगलबारे बजारमा विरोध सभा सम्पन्न गरेको छ । कांग्रेस केन्द्रीय सदस्य हसन अन्सारीको प्रमुख आतिथ्य र जिल्ला प्रतिनिधि तारावीर कटुवालको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत भूपाल बस्नेतले गरेका थिए । प्रदेश क्षेत्रीय सभापति नविन विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तुलसी ओलीले गरेका थिए ।

त्यसैगरी झापा क्षेत्र नं. ४ प्रदेश क ले दूधे बजारमा कोणसभा सम्पन्न गरेको छ । केन्द्रीय प्रतिनिधि दिपेन्द्र सेन्दाङको प्रमुख आतिथ्य र जिल्ला प्रतिनिधि प्रेम सम्बाहाम्फेको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा किरण भट्टराई, कात्तिकलाल राजवंशी, गोविन्दबहादुर अधिकारी, रतन थिङ्लावो, पर्शुराम ढुङ्गाना, मिता सिटौला, दिवस बास्कोटा लगायतले बोलेका थिए ।

प्रदेश क्षेत्रीय सभापति कमल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पदम थापा र सञ्चालन नगेन्द्र बस्नेतले गरेका थिए ।

यसैबीच झापा–४, प्रदेश ख ले सुरुङ्गाबजारमा विरोधसभा सम्पन्न गरेको छ । नाराजुलुससहित बजार परिक्रमापश्चात दुर्गा मन्दिर परिसरमा पुगेर कोणसभा सम्पन्न गरिएको सभामा केन्द्रीय प्रतिनिधि तथा कार्यक्रमका प्रमुख अतिथि लोकप्रसाद संग्रौला, विशेष अतिथि डिल्लीप्रसाद सिटौला, कविता बस्नेत लगायतले बोलेका थिए ।
भीमप्रसाद राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नेत्र चिमरिया र सञ्चालन शिव कँडेलले गरेका थिए ।

यसैबीच झापा क्षेत्र नं. ५ क ले गौरादह बजारमा विरोधसभा सम्पन्न गरेको छ । अभियानका केन्द्रीय प्रतिनिधि शेखरचन्द्र थापाको प्रमुख आतिथ्य र जिल्ला प्रतिनिधि तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्माको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो । रोहितकुमार शाहको अध्यक्षतामा भएको कार्यक्रममा यादवराज सेढाईले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सूर्यभक्त सिटौलाले गरेका थिए ।

त्यसैगरी झापा क्षेत्र नं. ५ प्रदेश ख को आयोजनामा दमकको गणतन्त्र चोकमा विरोध सभा सम्पन्न भएको छ । सभालाई केन्द्रीय प्रतिनिधि तथा प्रमुख अतिथि विनोद राई, सांसद महेन्द्राकुमारी लिम्बू, जिल्ला प्रतिनिधि तथा विशेष अतिथि राम कट्टेल लगायतले बोलेका थिए । क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले स्वागत गरेको कार्यक्रम पदम लिम्बूको अध्यक्षता र चुडेन्द्र खड्काको सञ्चालनमा सम्पन्न भएको बताइएको छ ।

सरकारको गलत रवैया, भ्रष्टाचार, करबृद्धिका, महंगीकाविरुद्ध १५ दिनदेखि वार्डस्तरीय कार्यक्रमसहित दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरु गरेको नेपाली कांग्रेसले झापाका १० वटै प्रदेश निर्वाचन क्षेत्रका मुख्य–मुख्य बजारमा ब्यानर, प्लेकार्ड कालोझण्डासहित विरोध प्रदर्शन सम्पन्न गरेको हो ।

कांग्रेसको शक्ति प्रदर्शनसहित भएका विरोध प्रदर्शनमा ‘सर्वसत्तावादः मुर्दाबाद, कर बृद्धिः फिर्ता गर, बाइडबडी भ्रष्टाचार र सूनकाण्डको ः छानविन गर, भ्रष्टाचारीलाई ः कारबाही गर, बढ्दो महंगीः नियन्त्रण गर, अलोकतान्त्रिक ः विधेयक फिर्ता गर, भ्रष्टाचार नियन्त्रण गर ः सुशासन कायम गर, कम्युनिष्ट सत्ताको उपहार ः करबृद्धि, महंगी र भ्रष्टाचार, संविधानको ः पालना गर, नेपाली कांग्रेसः जिन्दावाद, वीर वी.पी ः अमर रहुन’ लगायतका नारासहित स्थानीय बजार परिक्रमा गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here