“बोलाउ तिमी”मा रिमा र लक्षुको जोडी ( भिडियो )

२२ मंसिर २०७६, आईतवार मा प्रकाशित

 

गायक बादल लिम्बुको नयाँ गीत “बोलाउ तिमी”को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल लिम्बुको संगीत रहेको छ । गीतका शब्द भद्रकला आङबुहाङ राईले लेखेकी हुन् ।

पार्श्व गायन बाट आफ्नो संगीत यात्रा सुरु गरेका गायक लिम्बुको चलचित्र होमवर्कमा समावेश “ हराए म तिम्रो” बोलको गीत चर्चित छ । यसघि १०० भन्दा बढी गीतमा आफ्नो संगीत दिसकेका लिम्बुले गायक राजेश पायल राईको दर्शन नमस्ते ४ एल्बममा रहेको गीतमा समेत संगीत दिएका छन । पहिलो नेपाली आइडल समेत रहेका गायक लिम्बुको स्वरमा ५० भन्दा बढी गीत सार्वजनिक भैसकेका छन ।

“बोलाउ तिमी” रोमान्टिक लभ सङ हो । रमाइलो तरिकाले निर्माण गरिएको भिडियोमा ळक्षु शर्मा, प्रकाश शर्मा र हाल कमेडी च्यामपिएन शो मा होस्टका रुपमा रहेकी नायिका तथा मोडेल रिमा विश्वकर्माको अभिनय रहेको छ ।

बियोण्डको निर्देशनमा बनेको भिडियोमा एकदेव लिम्बु सहायक निर्देशकका रुपमा रहेका छन । भिडियोमा बिकाश मगरको छायांकन तथा सम्पादन रहेको छ । ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here