पेट्रोलियम डिलर्स एशोसिएशन झापाको शपथग्रहण सम्पन्न

३ माघ २०७६, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

मेची पेट्रोलियम डिलर्स एशोसिएशन झापा नवनिर्वाचित पदाधिकारीहरुको पदहस्तान्तरण तथा शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार भएको एक कार्यक्रमका बीच नवनिर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण गराइएको थियो । पेट्रोलियम डिलर्स एशोसिएशनका केन्द्रिय अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसद श्रीप्रसाद मैनालीलाई सम्मपान गरिएको छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले पेट्रोलियम डिलर्स एशोसिएशनका विभिन्न समस्या तथा योजना र आगामि दिनमा गर्ने कामलाई सफल बनाउन सबैको सहयोग र एकताको खाँचो औंल्याएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रधानले राज्यले ल्याएको कानुनलाई अंगिकार गर्दै आफुहरु आफ्नो ब्यवसाय प्रवद्र्धन गर्न तयार रहेको बताए ।

त्यस्तै नेपाल आयल वितरण विभाग प्रमुख विरेन्द्र गोइतले नेपालमा पोट्रोलको आयत सहज भएको र वितरण प्रक्रिया समेत सहज भएको बताएका छन् । उनले पूर्वमा दैनिक एक हजार एकेएल पोट्रोलियम पर्दाथ खपत हुने र वितरण प्रक्रियामा कुनै असहज परिस्थिती नरहेको उल्लेख गरे ।

कार्यक्रममा प्रदेश संसाद श्रीप्रसाद मैनाली, पेट्रोलियम डिलर्स एशोसिएशन कोशीका अध्यक्ष देवेन्द्र श्रेष्ठ, नेपाल ढुवानी ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष गुणराज निरौला, चालक संघका अध्यक्ष तोकप्रसाद दुलाल, नेपाली कांग्रेसका नेता देउमान थेवे, उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले तीन जना सदस्यलाई मनोतित समेत गरेको थियो । मनोनित हुनेहरुमा सुवास गुरुङ,मोहनप्रसाद उप्रेती र योगेन्द्र थापा रहेका छन् । विहीवार भएको १२ औं महाधिवेशनबाट नवीन कोइराला अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । संघको वरिष्ठ उपाध्यक्षमा टीकाराज पिठाकोटी, उपाध्यक्षमा भूपालराज कटुवाल, महासचिवमा बिनोद बस्नेत, सचिवमा बिनोद चापागाँई, कोषाध्यक्षमा अमित सरिया र सहकोषाध्यक्षमा मदन राई चयन भएका थिए ।

समितिको सदस्यमा कुमारमणि पोखरेल, उत्तम श्रेष्ठ, बलराम भण्डारी र हरि घिमिरे चयन भएको निर्वाचन समितिका संयोजक रुद्र भूर्तेलले जानकारी दिए । पदाधिकारीहरुलाई निर्वाचन संयोजक भूर्तेलले शपथग्रहण गराएका थिए । मेची पेट्रोलियम डिलर्स एशोसिएशन झापाका अध्यक्ष नवीन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको हो । नवनिर्वाचित कार्यसमिति कार्यसमिति घोषणा तथा प्रमाणपत्र वितरण कार्यक्रमको स्वागत सदस्य कुमारमणि पोख्रेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव विनोद बस्नेतले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here