कोका–कोलाको नेपालमा ४ दशक: निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै

४ फाल्गुन २०७६, आईतवार मा प्रकाशित

झापा।

कोका–कोला विश्वको एक अग्रणी पेय पदार्थ कम्पनीले ४ दशक अगाडि आफ्नो पहिलो बोटलिंग प्लान्ट नेपालमा स्थापना गरेको थियो ।

काठमाडौंस्थित बालाजु अद्योगिक क्षेत्रमा रहेका बोटलर्स नेपाल लिमिटेड, कम्पनीको पहिलो स्टेट–अफ–आर्ट कारखाना हो जुन देशभरका उपभोक्ताहरुलाई आइकनिक रेन्जको उच्च गुणस्तरीय, रिफ्रेसिंग पेय पदार्थका सेवा प्रदान गर्न १९७९मा शुरु गरिएको थियो । पछिल्लो ४० वर्षमा, कोका–कोलाले आफ्नो लोकप्रिय ब्राण्ड–कोका–कोला, जिरो कोक, स्प्राईट, फान्टा र किन्लेको नामबाट कार्बोनेटेड नन–अलकोहलिक पेय पदार्थ, फलफूलको जुस, पिउने पानी, उत्पादन, बिक्री, वितरण र आपूर्तिमार्फत नेपाली उपभोक्ताहरुलाई निरन्तर रिफ्रेस गरिरहेको छ ।

कोका–कोलाले स्थानीय समूह, नागरिक समुदाय र सरकारी एजेन्सीहरुसँग सहकार्य गरेर ब्राण्डप्रतिको माया अभिवृद्धि गर्दै, एक उद्देश्यका साथ व्यवसाय सञ्चालन गर्न र नेपालका समुदाय र राष्ट्रसँगै निरन्तर अगाडि बढिरहन प्रतिबद्ध रहेको छ । यो संस्थाको कोर दीर्घस्थायित्व लक्ष्यहरु यूएन दीर्घस्थायित्व विकास लक्ष्य जस्तै पानी भण्डारन, प्याकेजिङ फोहोर रिकवरी, महिला सशक्तिकरण, युवा सशक्तिकरण र ऊर्जा उपयोग घटाउने रहेको छ र अझ राम्रो समुदाय र जीवनका लागि निरन्तर यी लक्ष्यहरु र दिगो पहलमा केन्द्रित रहनेछ ।

कोका–कोला कम्पनीको ‘वल्र्ड विथआउट वेस्ट’ दृष्टिकोण अन्तर्गत कोका–कोला नेपालले हिमालयन क्लाइमेट इनिसिएटिभ र जीआईजेडसँग पीईटी रिकलेक्सन सोसल इन्टरप्राइजका लागि काम गरिरहेको छ, जसले काठमाडौंमा जिम्मेवार पीईटी वेस्ट रिसाइकिलंगका लागि प्रत्सोहान गर्दछ । यसले चितवनमा कटिङ ऐज रिकवरी र रिसाइकिलंग हबमार्फत पीईटी बोटल रिसाइकिलंग गर्न क्रियसनसँग साझेदारी गरेको छ । डब्लूडब्लूएफ नेपाल, वाटर एड, नेपाल र स्मार्टपानी जस्ता संस्थाहरुसँग कम्पनीको बहु–साझेदारीले नेपालको जलस्रोत र समुदायको जीविकालाई सुरक्षित राख्नुका साथै पानीको दिगो उपयोग, आजीविकाको वृद्धि र फ्रेस जलस्रोत संरक्षण सुनिश्चित गर्न मद्दत गरिरहेको छ ।

यस उपलब्धीका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने– हामी गर्व गर्दछौं कि नेपालमा विगत चार दशकमा हामीले नेपाली उपभोक्ताहरुको मागलाई बुझेर सफलता प्राप्त गरिरहेका छौं । हाम्रो कार्यहरु र हामीले जे गर्छौ सबैमा हामीले नेपाली समुदायको विकास र समृद्धिलाई दिमागमा राख्छौं र त्यसपछि समुदायको हितका लागि उच्च मूल्य प्रदान गर्न निरन्तर र जोडदार रणनीति बनाउँछौं । हामी आगामी दशकमा उपभोक्तहरुसँग अझ बढी जोडिन र उनीहरुको चाहना र जीवनशैली अनुरुप विभिन्न प्रकारका पेय पदार्थहरु प्रदान गर्नेछौं ।

कोका–कोला नेपाल बोटलिंग सञ्चालनको सन्दर्भमा नवप्रवद्र्धनमा पनि अग्रणी बनेको छ र सन् २०१९ मा यसले नयाँ प्रोडक्शन लाइन–एएसएसपी (अफोर्डेबल स्मल स्पार्कलिंग प्याकेजिंग) सार्वजनिक गरेको छ । नेपाल, कोका–कोलाको यो प्रविधि शुरु गर्ने विश्वभर तेस्रो मार्केट हो । एएसएसपी यस्तो प्रविधि हो जसले कोका–कोलालाई उच्च गुणस्तरीय, हलुका प्लास्टिक बोटल उत्पादन गर्न र प्लास्किटको उपयोग घटाउन सक्षम बनाउँछ, प्लाज्म्याक्स कोटिङ प्रविधिको प्रयोगबाट प्याकेजेड उत्पादनको सेल्फ लाइफ विस्तार गर्ने यो पेय पदार्थ उत्पादन उद्योगमा भएको पछिल्लो हाई–टेक इक्युपमेन्ट हो ।

नेपालमा समुदाय–लक्षित व्यवसाय निर्माण गर्ने लक्ष्यमा, कोका–कोलाले देशमा उल्लेखनीय रोजगारी सृजना गरेको छ र हाल प्राथमिक र सब्सिडीयरी बोटलिंग प्लान्टमा ६०० भन्दा बढी व्यक्ति कार्यरत छन् । आर्थिक रुपरेखाभित्र मूल्य उत्पन्न गर्न र सर्कुलर अर्थव्यवस्था स्थापना गर्न कम्पनीले नेपालबाटै कच्चा पदार्थ र प्याकेजिंग सामग्रीको स्रोत जुटाउनका लागि सक्दो प्रयास गर्दछ । कोका–कोला नेपालले महिला खुद्रा विक्रेताहरुलाई आफ्नो सपकिपर ट्रेनिङ एण्ड रिसोर्सेस् (स्टार) मार्फत महिला उद्यमीहरुलाई व्यवसायीक सीप, ट्रेनिङ प्रदान गर्दछ जसले आर्थिक सशक्तिकरण र उनीहरुले सामना गर्ने अवरोधलाई तोड्न मद्दत गर्दै महिला सशक्तिकरण गर्दछ ।

कोका–कोला कम्पनीको फराकिलो दायराका उत्पादनहरु र राष्ट्र निर्माण र समाजमा केही योगदान पु¥याउने प्रयासमा सफलतासँगै केही कम्पनीहरुले कोका–कोलाको उत्पादनहरु जस्तै अर्थता लुक अलाइक उत्पादनहरु उत्पादन गर्ने प्रयास गरिरहेका छन् । कोका–कोला कम्पनी आफ्नो सबै ग्लोबल ब्राण्डको गुणस्तर आश्वासनको जिम्मेवारीप्रति प्रतिबद्ध रहेको छ, जसले लगातार नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरीय, स्ट्यान्डराइज्ड उत्पादनहरु प्रदान गरिरहेको छ । कम्पनीले आफ्ना उत्पादनहरुमा उच्च मापदण्डको गुणस्तर भएको ग्यारेन्टी गर्दछ किनकि उनीहरु आफ्ना अमूल्य उपभोक्ताहरु सुरक्षित र रिफ्रेसिंग पेय पदार्थहरुको हकदार भएको विश्वास राख्दछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here