मृगौला रोगी तालमायाको जीवन बचाउन अभियान

३० फाल्गुन २०७६, शुक्रबार मा प्रकाशित

अर्जुनधारा ।

दुवै मृगौला फेल भई हाल उपचाररत् झापाको अर्जुनधारा–२ बेलटारकी ६७ वर्षीया तालमाया तामाङको सहयोग रकम जुटाउन अभियान सञ्चालन हुने भएको छ ।

वृखबहादुर गोलेको अध्यक्षतामा गठन भएको १५ सदस्यीय तालमाया तामाङ बचाउ अभियान समितिले सो अभियान सञ्चालन गर्ने शुक्रबार आयोजित पत्रकार भेटघाटमा समितिका अध्यक्ष गोलेले बताए ।

अध्यक्ष गोलेका अनुसार नवगठित समितिले स्थानीय एक्सल डेभलपमेन्ट बैंकको खुदुनावारी शाखामा खाता खोल्ने तथा विभिन्न संघ–संस्था र दाताहरुसँग उनको जीवन बचाउनका लागि सहयोग रकम जुटाउन पहल गर्ने बताइएको छ ।

गत वर्षको माघमा हातखुट्टा सुन्निने, खाना अरुची हुने, वाकवाकी लाग्नेलगायत लक्षण देखापरेपछी स्वास्थ्य परीक्षणको लागि श्रीमान तिलबहादुरसँग धरानस्थित घोपामा पुगेकी उनलाई परीक्षणपछी मृगौलामा समस्या भएको पत्ता लागेको थियो ।

घोपामा समस्या देखापरेपछी उनलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल उपचारको लागि भर्ना गरी चार दिनसम्म उपचार गरिएको श्रीमान तिलबहादुरले बताए । उपचारपछी डिस्चार्ज दिने क्रममा अस्पतालका चिकित्सकले रोग बल्झियो भने बिरामीलाई विराटनगर लान सुझाइएको थियो । गत असोजमा पुनः रोग बल्झिएपछी उपचारको लागि विराटनगरस्थित कोशी अस्पताल पुगेका उनलाई प्रत्यारोपणको लागि परिवारका सदस्यले मृगौला दिने हुँदा २० लाख र खरिद गर्नुपर्दा एउटा मृगौलाको थप १३ लाख लाग्ने अस्पतालबाट जानकारी पाएको तिलबहादुर बताउँछन् ।

मजदुरी गरी छ जनाको परिवार धान्दै आएका उनले १३ महिनाको अवधिमा अनुमानित आठ लाख खर्च भइसकेको जानकारी दिए । सम्पत्तीकोरुपमा एक कठ्ठा ऐलानी जमिनबाहेक अन्य आम्दानीको स्रोत नभएपछी सबैसँग हात फैलाउनु बाहेक तिलबहादुरको परीवारको अन्य विकल्प नभएको स्थानीय धनबहादुर तामाङले बताए ।

हप्ताको दुई पटक कोशी अस्पतालमा डायलासिस गर्न जाने गरेका तालमायाको डाइलासिस प्रक्रिया निःशुल्क भएपनि एक पटक जाँदा यातायात, खाना, औषधी, रगतलगायतमा अनुमानित पाँच हजार खर्च हुने गरेको छ । तालमायाको डाइलासिस प्रक्रियालाई जिल्लाकै कुनै अस्पतालमा निःशुल्क गराउन सकियो भने पनि आर्थिक रुपमा विपन्न तिलबहादुरको केही खर्च कम हुने स्वास्थ्यकर्मी एवम् अर्जुनधारा–१का वडासचिव खगेन्द्र लिङदेनले बताए ।

आर्थिकरुपमा विपन्न तालमायाको जीवन बचाउन इच्छुक महानुभावले ९८१६९६६१९३ र ९८६१०१२८४६ मा सम्पर्क गरी सहयोग पु¥याउन सबैसँग समितिले अपिल गरेको छ । नवगठित समितिको उपाध्यक्षमा गोविन्द घिमिरे, सचिवमा खगेन्द्र कोइराला, सहसचिवमा महेन्द्र आङदेम्बे, कोषाध्यक्षमा सुनिता उप्रेती र सदस्यहरुमा अर्जुन समाल, जानुका न्यौपाने, डम्बरकुमारी अधिकारी, तारा न्यौपाने, दधिराम बुढाथोकी, निर्माण आचार्य, निरानन्द पोखरेल, बद्री गुरागाईं, रोम आचार्य र सरस्वती ओझा रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here