भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

२ चैत्र २०७६, आईतवार मा प्रकाशित

 तेह्रथुम ।

तेह्रथुम आठराई गाउँपालिका–४, ईवा तीनसल्लेमा आफ्नै भाउजुको हत्या गरेको आरोपमा दुई देवर जना पक्राउ परेका छन् ।

२८ वर्षीया बिन्दा पुरीको हत्या गरेको आरोपमा देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई प्रहरीले पक्राउ गरेको हो । बिन्दाका १० वर्ष र १५ महिनाका दुई छोरा छन् ।

दाइले पठाएको पैसा खर्च गर्न नपाएको भन्दै उनीहरु भाउजुको हत्या गरेको बुझिएको छ । ईलाका प्रहरी कार्यालय स‌क्रान्तिका प्रहरी निरीक्षक शेशकराम थान्दारले झापाबाट राति गाडी रिजर्भ गरी उनीहरु तेह्रथुम गएको भाउजुको हत्यापछि उनीहरु झापा नै फर्किएको बताए ।

विन्दाको श्रीमान् वैदेशिक रोजगारीको लागि दुबईमा छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here