मोरङ र सुनसरीमा हजार शैया क्षमताको क्वारेन्टाइन बन्दै

0
806

मोरङ ।

प्रदेश– १ सरकारले कोरोना भाइरस जोखिमको पूर्व तयारीका लागि एक हजार शैया क्षमताको क्वारेन्टाइन स्थल बनाउने भएको छ।

मोरङको टाँडी र सुनसरीको कोशी टप्पुमा एक हजार शैया क्षमताका दुइटा क्वारेन्टाइन स्थल निर्माण हुने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । उक्त स्थानमा क्वारेन्टाइन निर्माण गर्न नेपाली सेनाको पूर्वी पृतनालाई जिम्मा दिइएको छ।

कोरोना शंकास्पद व्यक्तिका लागि ६ वटा अस्पतालमा गरी २८ वटा आइसोलेसन बेड तयार रहेको उनले बताए। उनका अनुसार कोशी, बिपी, नोभेल, विराट, मेची र बीएण्डसी अस्पतालमा आइसोलेसन व्यवस्था गरेको मन्त्री घिमिरेको भनाई छ ।

प्रदेश सरकारले सबै स्थानीय तहसंग समन्व्य गरेर सिमावर्ती क्षेत्रमा हेल्थ डेस्क स्थानपना गरेर स्वास्थ्य परिक्षण गरिरहेको छ । भारतले केहि नाकाहरु बन्द गरेको छ तर नेपालले भने अहिलेसम्म उच्च सर्तकता अप्नाएर जाँच गरिरहे पनि बन्द नगरेको बताइएको छ । हेल्थ डेस्कमा स्वास्थ्यकर्मी अभाव रहेको भन्दै थप स्वास्थ्यकर्मी व्यवस्था गर्न संघीय सरकारसँग माग गरेको मन्त्री घिमिरेले बताए।

प्रदेश नम्बर १ ले कोरोनाको पूर्व तयारीमा जुट्न विभिन्न समिति गठन गरेको छ। मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा निर्देशक समिति गठन भएको छ। उक्त समितिले नै कोरोनाबारे सबै निर्णय गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here