तक्षशिला सुविधासम्पन्न भवनमा: बिर्तामोडमै विश्वस्तरीय शिक्षा, कोरोनाविरुद्ध प्रयोगात्मक सचेतना

४ चैत्र २०७६, मंगलवार मा प्रकाशित

बिर्तामोड।

झापाको बिर्तामोडमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्घोषका साथ तक्षशिला एजुकेशन फाउण्डेशन (सनसाइन किण्डर हाउस) सुविधासम्पन्न नयाँ भवनमा सरेको छ ।

विद्यार्थी र अभिभावकको सामुहिक प्रवेशका साथ कलाकार मिथिला शर्माले मंगलवार भवनको उद्घाटन गरिन् । उनले तक्षशिला मुलुककै नमूना शिक्षालय बन्ने संभावना बोकेको बताइन् ।

बिर्तामोड–६ घण्टीबारीस्थित तक्षशिलाको भवन उद्घाटनसँगै विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभारसबाट बच्ने उपायबारे विद्यार्थी–अभिभावकलाई प्रयोगात्मक सचेतना पनि जगाइएको थियो । विद्यालयको भवन प्रवेशको शुभसाइत मंगलवार जुरेको हुँदा सो कार्यमा अभिभावकलाई समेत आमन्त्रण गरिएको विद्यालयकी अध्यक्ष पूजा गिरीले बताइन् ।

अभिभावक र विद्यार्थी विद्यालयको कम्पाउण्ड प्रवेश गरे लगत्तै साबुन पानीले अनिवार्य हात धुनुपर्ने व्यवस्था मिलाइएको थियो । त्यसपछि व्यक्टेरिया नाशक सेनिटाइजेशन हातमा लगाएर अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था थियो ।

विद्यालयले नै मास्क निःशुल्क व्यवस्था गरेको थियो । त्यहाँ हात मिलाउन, अंकमाल गर्नुको सट्टा सबैले एकअर्कामा नमस्कारको अभिवादन गरेका थिए । कोरोना भाइरसविरुद्ध प्रयोगात्मक सचेतनाका लागि पनि भवन उद्घाटनसँगै अभिभावकलाई बोलाइएको निर्देशक दीपक गिरी बताउँछन् ।

३२ कठ्ठा जग्गामा २१ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्मित तीन तले भवनको उद्घाटनको क्षणमा प्रिन्सिपल श्रद्धा गिरी बोहोराले विद्यालयले विश्वस्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्घोष गरिन् । उनले भनिन्– अब हाम्रा नानीहरु काठमाडौं, भारत र अन्य देश शिक्षाका लागि जानुपर्दैन ।

कार्यक्रममा शिक्षाविद् अन्वेष केसी र रिसव आचार्यले विद्यालयमा अत्याधुनिक सुविधासम्पन्न ल्याबहरुका साथ खेल्दै रमाउँदै विद्यार्थीले सिक्ने बताए । होलेस्टिक, योजनाबद्ध र प्रविधिमैत्री शिक्षा विद्यार्थीले तक्षशिलामा प्राप्त गर्ने उनीहरुको भनाइ छ ।

विद्यालयका अभिभावक तथा सामाजिक अभियन्ता राजकुमार पोखरेलले विश्वस्तरको शिक्षाको प्रत्यक्ष अनुभव गरेकी प्रिन्सिपल श्रद्धाको नेतृत्वमा तक्षशिला पूर्वकै गुणस्तरीय र १ नम्बर शिक्षालय हुने दावी गरे । हाल कक्षा–६ सम्म अध्यापन भइरहेको तक्षशिलामा आगामी बैशाखबाट कक्षा ७ को पनि पठनपाठन हुने र हरेक बर्ष कक्षा ‘अपग्रेड’ गरी १० सम्मको पठनपाठन गराइने निर्देशक मनिष गिरी बताउँछन् ।

कक्षा १०सम्ममा कूल नौ सयभन्दा बढी विद्यार्थी भर्ना नलिइने विद्यालयले जनाएको छ । विद्यालयमा स्वीमिङ पुल, बास्केटबल, स्कार्टिङ, व्याडमिन्टन, फुटबल, डान्स, म्युजिक, आर्ट लगायतका अतिरिक्त गतिविधि हुने विद्यालयका अर्का निर्देशक अंकीत गिरीले बताए ।

त्यस्तै छुट्टै पुस्तकालयको व्यवस्था गरिने जनाइएको छ । तक्षशिलाले विद्यार्थीको स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएर उनीहरुलाई सिक्ने वातावरण सृजना गरी खेल्दै र रमाउँदै तालिम प्राप्त दक्ष शिक्षकहरुले सिकाउने बताइएको छ ।

विज्ञहरु उपस्थित गराई विद्यार्थी अभिभावकमा उत्प्रेरणा जगाउने नयाँ र अनौपचारिक शैलीमा चलाइएको कार्यक्रमको सञ्चालन तेजश्वी गिरीले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here