विपन्न परिवारका लागि झापाका सहकारीद्वारा एक करोड ५० लाख रुपैयाँ सहयोग

२६ चैत्र २०७६, बुधबार मा प्रकाशित

सुरेन्द्र भण्डारी

झापा, झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत विपन्न परिवारका लागि राहत सामग्री प्रदान गर्न एक करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन दुई साता अघिदेखि मुलुक लकडाउन भएसंगै विपन्न परिवारलाई खाना खान समस्या भएको भन्दै स्थानीय तहसंग समन्वय गर्दै सहकारीले राहत सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका हुन् । जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालका अनुसार सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले मात्रै ५० लाख रुपैयाँको सहयोग गरेको छ ।

१ नम्वर प्रदेश सरकार, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समन्वय समितिहरुसंगको सहकार्यमा आइसोलेसन, क्वारेन्टाइमा बसेका र विपन्न परिवारको खाद्यन्य तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि पिपिइ खरिदमा सहयोगका लागि ५० लाख रुपैयाँको राहत कोष खडा गरिएको हो ।


सहकारीका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार सहकारीले सहारा कर्मचारी मानवीय सहायता कोष’बाट विपद्मा परेकाहरुलाई सहयोग गर्न ५० लाख रुपैयाँको कोष खडा गरेको र सोही कोषबाट सहयोग गरिएको हो ।
त्यस्तै नेपाल वहुउद्देश्यीय सहकारी संस्था मेचीनगरले १७ लाख रुपैयाँ, बिर्तामोडमा रहेका कर्णाली,सिम्रिक सहकारी संस्थाले आठ÷आठ लाख रुपैयाँ र हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले पाँच लाख ९ हजार, पूर्वी नेपाल सहकारी संस्थाले ४ लाख तथा मेची सहकारी संस्थाले २ लाख ३ हजार रुपैयाँ राहत कोषका लागि सहयोग गरेको जिल्ला सहकारी संघका अध्यक्ष ढकालले बताउनुभयो ।

कतिपय सहकारी संस्थाले सोझैं खाद्यन्य सहयोग गरेका छन् । स्थानीय तहसंग समन्वय गर्दै झापाका १५ वटै स्थानीय तहमा सहयोग गर्ने दुई दर्जन भन्दा बढी सहकारी छन् अध्यक्ष ढकालले भन्नुभयो – अहिलेसम्मको तथ्याङ्कमा विपन्न परिवारका लागि खाद्यन्य सहयोग गर्न झापाका सहकारीले एक करोड ५० लाख रुपैयाँ सहयोग गरेका हुन् । एक लाख र ५० हजार रुपैयाँ सहयोग गर्ने धेरै सहकारी छन् अध्यक्ष ढकालले भन्नुभयो – समुदायमा रहेर सहकारीले काम गर्दै आएको र विपद्का समयमा सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो ।

लकडाउनको समय अवधि लम्बिएसंगै जिल्लाका अन्य सहकारीले समेत सहयोगका लागि समन्वय गरिरहेका छन् अध्यक्ष ढकालले भन्नुभयो – कतिपय सहकारीले विपदमा परेका सदस्यलाई विना व्याज पाँच हजार रुपैयाँसम्म सापटी दिने व्यवस्था मिलाएका छन् ।

सहारा र एनएमसीका सदस्यलाई घर चलाउन निब्र्याजी रकम प्रदान

जिल्लामा रहेका दुई ठूला सहकारी संस्थाले आफ्ना सदस्यलाई निब्व्यार्जी सापटी रकम प्रदान गर्न शुरु गरेका छन् ।
घर खर्च चलाउन समस्या परेका सदस्यहरुलाई दुई महिनासम्मका लागि पाँच ÷पाँच हजार रुपैयाँ सहकारीले निब्र्याजी दिन थालेको जिल्ला सहकारी संघ झापाका अध्यक्ष ढकालले बताउनुभयो ।
सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोड र नेपाल वहुउद्देश्यीय सहकारी संस्था(एनएमसी) मेचीनगरले सदस्यलाई निब्यार्जी सापटी रकम प्रदान गरिरहेका छन् – ढकालले भन्नुभयो ।

विपन्न तथा लघुवित्त सदस्यहरुलाई लकडाउनको अवस्थामा घर खाचो टार्न पाँच ÷पाँच हजार रुपैयाँसम्म दुई महिनाका लागि सापटी स्वरुप उपलब्ध गराउने सहकारीको निर्णय भएको छ सहारा नेपाल सहकारी संस्थाका कार्यकारी प्रमुख गिरीले भन्नुभयो – जसका लागि सहकारीले सात करोड रुपैयाँ व्यवस्था गरेको छ ।

उता एनएमसी सहकारी संस्थाले समेत आफ्ना शेयर सदस्यलाई असार १५ गतेभित्र सापटी लिएको रकम चुक्ता गर्ने गरी पाँच ÷ पाँच हजार रुपैयाँ प्रदान गर्न शुरु गरेको छ ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीका अनुसार सहकारीका हरेक सेवा केन्द्रले घर खर्च चलाउन समस्या परेका सदस्यलाई नजिकैको सेवा केन्द्र मार्फत सापटी रकम प्रदान गर्ने छन् । –––

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here