बुधबारे ।

बरपिपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिले आज अतिबिपन्न नागरिकलाई खाद्यान्न उपलब्ध गराउने गरि बुद्धशान्ति गाउपालिकाको बिपत ब्यवस्थापन कोषमा २१ हजार रुपैयाँ सहयोग गरेको छ ।
सस्थाका अध्यक्ष हरि पौडेल, उपाध्यक्ष छत्र कार्की, सदस्य अनिल वाग्ले, भवानी शंकर उप्रेती, कृष्ण कटवाल लगायतको टोलिले सो रकम गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल र प्रमुख प्रसासकिय अधिकृत इन्द्र चापागाईंलाई हस्तान्तरण गरेको छ ।
साथै सहकारीको आज बसेको बैठकले लकडाउनले समस्यामा परेका आफ्ना सेयर सदस्यलाई ५ हजार रुपैयाँ सापटी रकम प्रदान गर्ने निर्णय पनि गरेको छ ।
सापटी रकम लिन चाहने सेयर सदस्यले अनिवार्य बचत गर्ने आफ्नो पासबूक कार्यलयमा लिएर आउनुपर्ने छ । लकडाउन को समयमा कार्यलयले आइतबार र बिहीवार १२ देखि २ बजे कार्यलय खोलेर सेवा प्रदान गरिएको छ ।































