केपी ओली लोकतन्त्रका हत्याराः बाबुराम भट्टराई

0
1080

काठमाडौं।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई लोकतन्त्रको हत्याराको आरोप लगाएका छन् ।

उनले सिंगो देश एकढिक्का भएर कोरोनाविरुद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नुलाई सरकार रसतालतिर भाँसिएको टिप्पणी पनि गरेका छन् ।

डा. भट्टराईले ट्वीटमार्फत् भनेका छन्, ‘जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भएपनि यो लोकतन्त्रविरुद्ध गम्भीर अपराध हो ।’

उनले लेखेका छन्, ‘सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो । जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्रविरूद्ध गम्भीर अपराध हो।देश थप संकटमा फस्दैछ ! लोकतन्त्रका हत्यारादेखि सावधान !’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here