क्रिकेट गतिविधि छलफल गर्न आईसीसीको प्रमुख कार्यकारी समितिको बैठक बस्दै

९ बैशाख २०७७, मंगलवार मा प्रकाशित

एजेन्सी ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहिबार प्रमुख कार्यकारी समितिको बैठक बोलाएको छ ।

भिडियो कलको माध्यमबाट बैठक आयोजना हुंदैछ । बैठकमा १२ पूर्ण सदस्य राष्ट्र र ३ एसोसियट राष्ट्रको सहभागिता रहने बताईएको छ ।

बैठकमा कोरोना भाईरसको कारण स्थगित क्रिकेट गतिविधिबारे महत्वपूर्ण निर्णय हुने बताईएको छ । यस्तै सरकारसँगको सहकार्य गर्दै पुन अन्तर्रा्ष्ट्रिय क्रिकेट सुचारु गर्ने विषयमा छलफल हुनेछ ।

बैठकमा विश्व टेष्ट च्याम्पियनसिप, यसै वर्ष हुने आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेट, विश्व क्रिकेट लिग–२ लगायतका विषयमा समेत छलफल हुने बताईएको छ ।

कोरोना महामारीका कारण विश्व क्रिकेट ठप्प छ । जसको असर अन्तर्राष्ट्रिय खेल तालिकामा परेको छ । कोरोनाका कारण आईसीसीले आगामी जुलाईसम्मको अन्तर्रा्ष्ट्रिय क्रिकेट स्थगित गरिसकेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here