आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउन सक्ने

२४ बैशाख २०७७, बुधबार मा प्रकाशित

काठमाडौं,

मन्त्रिपरिषद बैठक आज बस्दै छ। आज बस्ने बैठकले लकडाउनालाई लम्ब्याउने निर्णय गर्न सक्ने छ। सरकारले लागू गरेको लकडाउनको समय २५ गते सकिँदै छ।

त्यसैका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। त्यस्तै हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो। त्यसबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

हिजो प्रधानमन्त्री ओली सहतिको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सही रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको जानकारी दिएका थिए।

बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले सङ्क्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै कोरोना सङ्क्रमणलाई रोक्ने र शून्यमा झार्ने प्रयासमा सबै लागिरहने विषयमा छलफल गरेको थियो। सरकारले पहिलो पटक चैत ११ गते लकडाउन गर्ने निर्णय गरेको थियो।

त्यसपछि पटक पटक थपिएको लकडाउन वैशाख २५ गते सम्म निरन्तर छ। विश्वभर फैलिएको कोरोना भाइरसको महामारी नेपालमा पनि देखिएको छ। हालसम्म नेपालमा ८२ जनामा संक्रमण देखिएको छ भने १६ जना निको भएर घर फर्किएका छन्।-थाहाखबरबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here