सुत्केरीलाई खाद्यान्न सहयोग

४ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

कैलाली,

नेपाल विद्यार्थी सङ्घ क्षेत्र नं ५ ले सुरक्षित मातृत्व सञ्जाल महासङ्घको समन्वयमा धनगढी उपमहानगरपालिकाका २५७ जना गर्भवती तथा सुत्केरीलाई पोषणयुक्त खाद्यान्न सामग्री वितरण गरेको छ ।

झण्डै दुई सातअघिबाट शुरु गरिएको ‘आमा बचाऊ, मानवता जगाऊ’ अभियानका क्रममा हालसम्म लकडाउनको जारी रहँदा उनीहरूलाई खाद्यान्न अभाव सिर्जना हुन नदिन पोषणयुक्त खाद्यान्न सामग्री वितरण गरिएको सङ्घका सभापति गजेन्द्र शाहीले जानकारी दिनुभयो ।

वास्तविक पीडामा रहेका र पहँुचविहीन विपन्नलाई सहयोग पुगोस् भन्ने उद्देश्यले राहतस्वरुप सहयोग गरिएको उहाँकोे भनाइ छ । उपमहानगरपालिकाका विभिन्न वडाका गर्भवती र सुत्केरीलाई गरी २५७ जना लागि रु चार लाख ५५ हजारबराबरको पोषणयुक्त खाद्यान्न वितरण गरिएको सङ्घका सचिव देवेन्द्र जोसीले जानकारी दिनुभयो ।

प्रतिव्यक्ति एक क्यारेट अण्डा, २० किलो चामल, पाँच किलो आलु, दुई किलो दाल, एक किलो चिनी, मास्कलगायतका सामग्री हस्तान्तरण गरिएको छ । उहाँले सुत्केरी र गर्भवतीलाई पोषणको कमी नहोस् भन्नका लागि उक्त अभियान शुरु गरिएको जनाइएको छ ।

“कुनै जातभात, धर्म, राजनीतिक दल नछुट्याइ वास्तविक व्यक्तिको पहिचान गरेरमात्र खाद्यान्न वितरण गरेको हौँ”, उहाँले भन्नुभयो, “समस्यामा परेका सुत्केरी तथा गर्भवतीको पहिचानका लागि प्रत्येक वडाका महिला स्वयंसेवक र वडाध्यक्षले सहयोग गर्नुभएको छ ।”

खाद्यान्नका लागि देश, विदेशका विभिन्न व्यक्ति तथा सङ्घसंस्थालगायत धनगढीस्थित निशर्ग अस्पतालका अध्यक्ष तीर्थ पन्तलगायतको टोलीबाट ठूलो सहयोग प्राप्त भएको जनाइएको छ । यो अभियानलाई अहिले धनगढी उपमहानगरपालिकामा शुरु गरिएको भए पनि आगामी दिनमा अन्य क्षेत्रमा पनि शुरु गरिने योजना रहेको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here