प्रदेश– १ मा तीन जना कोरोना संक्रमित थपिए,देशभर संक्रमितको संख्या २९५ पुग्यो

४ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

काठमाडाैं,

नेपालमा कोरोना संक्रमित पुनः थपिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट तीन जनामा कोरोना संक्रमण थपिएको हो।

धनकुटा निवासी ३४ वर्षीया महिला र विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ। थपिएका तीनै जना संक्रमितको स्वास्थय अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here