नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष देवकोटा भन्छन् – : कोभिडसंग लड्दै काममा छन् कर्मचारी

१६ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

 

केदारप्रसाद देवकोटा – अध्यक्ष
नेपाल निजामती कर्मचारी संगठन

मुलुक दुई महिनादेखि लकडाउनमा छ यो वेला कर्मचारीहरु के गर्दैछन् ?

– सरकारले कोभिड १९ नियन्त्रणका लागि चालेको कदमलाई सफल बनाउन देशभर रहेका कर्मचारीहरु अहिले आ– आफ्नो ठाउँबाट लागि परेका छन् । अत्यावस्यक काममा बाहेकका कर्मचारीलाई पनि सरकारले घरमै बस्न भनेको छ । आबश्यक परेको खण्डमा कार्यालय प्रमुखले बोलाउदा कार्यालय जाने गरी अहिले धेरैजसो कर्मचारी लकडाउनका कारण घरमा छन् । महामारीका रुपमा फैलिएको कोभिड नियन्त्रणमा सबै कर्मचारीले सरकारलाई सहयोग पु¥याइरहेका छन् । स्थानीय तह, स्वास्थ्य क्षेत्र , सुरक्षा, विद्युत खानेपानी जस्ता विषयसंग सम्वन्धित क्षेत्रमा कार्यरत कर्मचारी अहिले पनि कोभिडसंग लड्दै काममा छन् ।

– फिल्डमा खटिने कर्मचारीको सुरक्षाका लागि सरकारले आवश्यक उपकरण दिएको छ त ?

कर्मचारी राष्ट्र सेवक हो । उसले सहजतामा मात्र होइन विपद्मा पनि काम गर्नु पर्ने हुन्छ । धेरैजसो कर्मचारी अहिले पनि आफू जोगिएर काम गरिरहेका छन् । हामीले फिल्डमा खटिने कर्मचारीलाई बीमाको कुरा उठाएका थियौ । संघीय सरकारले कर्मचारीलाई २५ लाख रुपैयाँको बीमाको व्यवस्था गरेको छ । त्यस्तै अन्य आवश्यक स्वास्थ्य सामग्रीको पनि कुरा उठेको छ र केही मात्रामा भएपनि सरकारले कर्मचारीका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । त्यत्तिले पर्याप्त छैन । तर,पनि विषम परिस्थितिमा कर्मचारीले केही न केही सेवा सुविधा पाएकै छन् ।

अनि संगठनले चाँही के ग¥यो नि कर्मचारीका लागि ?

संगठन आफैंले केही गर्ने होइन । हामीले केही गर्नु प¥यो भने सहजीकरण गर्ने हो । हामी राज्यका कर्मचारी हौं । हामीले राज्यलाई नै गरेका छौं । राज्यले नै हाम्रा लागि गर्नु पर्छ भन्ने मेरो मान्यता हो र संगठनले पनि त्यही मर्म र भावनालाई अंगालेको छ । महामारीको यो समयमा हामीले सरकारलाई सहयोग पु¥याएका छौं । हामीले सरकारले सञ्चालन गरेको कोरोना कोषका लागि पाँच लाख रुपैयाँ प्रधानमन्त्री कार्यालयमै पुगेर जम्मा गरेका छौं । वाजुरा जस्तो जिल्लाले पनि २५ हजार रुपैयाँ दिनुले पनि हामी कर्मचारी आफ्ना लागि मात्र होइन समाज र राष्ट्रका लागि पनि केही गर्नु पर्छ भन्ने भावनाले अगाडि छौं । अहिले हामीले राज्यसंग सेवा सुविधा मागेका छैंनौं । हामीले सरकार सञ्चालनमा सुझाव सहित १७ वुँदे सुझाव पत्र अर्थ मन्त्रालयलाई बुझाएका छौं । धेरै विषय त्यहाँ समेटिएको छ । अहिले स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, स्थानीय तहका कर्मचारी अग्रपक्तिमा खटिएका छन् । उनीहरुलाई राज्यले वीमाको व्यवस्था गरेपनि आवश्यक सबै स्वास्थ्य उपकरण पु¥याउन सकेको छैन ।

अहिले कति प्रतिशत कर्मचारी काममा छन् ?

सबै तिर लकडाउन छ । तर, अत्यावस्यक सेवामा काम गर्ने कर्मचारी, कार्यालय प्रमुख,स्वास्थ्य क्षेत्र सुरक्षा निकायका सबै कर्मचारी अहिले काममा छन् । खानेपानी , विद्युतका कर्मचारी अफिस नगई हुदैन । यस अर्थमा ६० प्रतिशत कर्मचारी लकडाउनमा भएपनि ४० प्रतिशत कर्मचारी चाँही फिल्डमा छन् ।

फिल्डमा खटिएका कर्मचारी जेखिममा पनि त होलानन् नि हैन ?

हो कार्य क्षेत्रमा रहेका सबै कर्मचारी जोखिममा छन् । जोखिम बढ्यो भन्दैमा कर्मचारीले धर पनि त पाउँदैन नि । हामीहरु राष्ट्रसेवक हौं । राष्ट्रको सेवा गर्न सकेनौ. भने मुलुक कसरी चल्छ । सुरक्षाका रणनीति अपनाएर पनि हामी अहिले काम गरिरहेका छौं । कार्यलय प्रमुखले आवश्यक परेको खण्डमा घरमा वसेका कर्मचारीलाई बोलाएर पनि काममा लगाएको अवस्था छ ।
अहिले सबै कर्मचारीको बीमा भएको छैन । विमा गराउने काममा हामी लागेका छौं । विशेष गरी अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको विमा नहुँदा अहिले हामी उनीहरुको विमा गराइरहेका छौं ।

अन्त्यमा,

कोरोनासंग भाग्ने होइन हामी सबै मिलेर यसको सामना गर्नु पर्छ । राज्य सञ्चालनमा हामीले सबैले सहयोग पु¥याउनुु पर्छ । कोरोनाका कारण मुलुकलाई समस्या छ । यो वेला यो र त्यो, यसले र त्यसले भन्नु भन्दा पनि हामी सबैले राज्यलाई सहयोग गर्न जुरुरी देखिएको छ । महामारीको यो क्षणमा संयमित बन्दै अगाडि बढ्नु पर्छ । सरकारले गरेको आग्रह हामी सबैले मान्नु पर्छ ।

                                प्रस्तुति सुरेन्द्र भण्डारी 

इपेपर यहाँ क्लिक गरेर पढ्न सक्नु हुन्छ ।

https://purwanchaldaily.com/wp-content/uploads/2019/06/16-gate-jestha.pdf

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here