मेष– अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ ।
वृष– शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ । ईष्र्या गर्नेहरूले अवरोध पुर्याउलान् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।
मिथुन– मिहिनेतले जटिल ठानिएको काम पनि बन्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ ।
कर्कट– प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ ।
सिंह– पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् ।
कन्या– स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।
तुला– अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।
वृश्चिक– सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।
धनु– नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा हुनेछ ।
मकर–दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । मिहिनेतले पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।
कुम्भ– रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।
मीन–नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।